बौद्धिक चोरी गर्ने सात प्राध्यापकलाई त्रिविले गर्‍यो कारबाही « Khabarhub

बौद्धिक चोरी गर्ने सात प्राध्यापकलाई त्रिविले गर्‍यो कारबाही


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले बौद्धिक चोरीको गर्ने सात प्राध्यापकलाई कारबाही गरेको छ ।

फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो नाममा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेको पाइएपछि परिषद्ले सात प्राध्यापकलाई कारबाही गरेको हो ।

त्रिविको विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसका रसायन शास्त्रका प्राध्यापक डा. पर्शुराम मिश्र, आंशिक प्राध्यापक रोहित देव, सहप्राध्यापक जनक अधिकारी, युवराज साहु , विमल कण्ठ, हरेराम मिश्र र कल्पना मिश्रलाई त्रिवि परिषद्ले कारबाही गरेको हो ।

त्रिविले बौद्धिक चोरीमा संलग्न ७ जनालाई नै आगामी २ वर्ष सम्म त्रिविका विद्यार्थीहरुको सुपरिवेक्षण, थेसिस, गाइड लगायतका अनुसन्धनात्मक क्रियाकलापहरुमा समेत गर्न प्रतिबन्ध लगाएको छ ।

यसैगरी प्रा.डा मिश्र लगायत सो कार्यमा संलग्न सबैलाई यस्तो कार्यमा संलग्न नहुन सचेत गराउने र त्रिवी महेन्द्र मोरंग आर्दश बहुमुखी क्याम्पसमा आंशिक प्राध्याकको रुपमा संलग्न रहेका रोहित कुमार देवलाई आगामी २ वर्षसम्म अध्यापन गर्न नपाउने गरी कारबाही गरिएको त्रिविले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्राध्यापकहरुले अनाधिकृत रुपमा लेखहरु साभार गरेको भन्ने उजुरीका परेपछि त्रिविले प्राध्यापक डा. रामचन्द्र बस्नेतको संयोजकत्वमा गठित तीन सदस्यीय छानविन समितिले अनुसन्धान अघि बढाएको थियो । उक्त समितिले अध्ययन गरी प्रमाणसहित प्रतिवेदन पेश गरेपछि प्राध्यापक विरुद्ध कारबाही अघि बढाएको थियो ।

अनाधिकृत रुपमा प्रकाशन गरिएका उक्त लेखहरुलाई त्रिवी सेवा प्रयोजनका लागि मुल्याङ्कण नगर्ने र सोबारे अन्य विश्वविद्यालयलाई समेत जानकारी दिई मुल्याङ्कन नर्गन अनुरोध गर्ने पनि त्रिवीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्रिविद्वारा कारबाहीमा परेका प्राध्यापकहरुको सूची हेर्न यहाँ क्लिक गर्नुस् 

 

 

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : ०४ बजे

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट

सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध

हुम्ला – हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ खच्चा क्षेत्रमा

आईपीएल : वैभव सूर्यवंशीले ३६ बलमै पूरा गरे शतक

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा सनराइजर्स

आईपीएल : बल समात्ने क्रममा लुंगी एङ्गिडी घाइते, खेल १५ मिनेट रोकियो

काठमाडौं – भारतमा जारी इन्डियन प्रिमियर लिग अन्तर्गत दिल्ली र