काठमाडौँको आकाश तुवाँलोले भरिएसँगै आँखा पोल्ने समस्या « Khabarhub

काठमाडौँको आकाश तुवाँलोले भरिएसँगै आँखा पोल्ने समस्या


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रबार एक्कासी काठमाडौँ उपत्यकाको आकाश तुवाँलाले ढोकेसँगै आँखा पोल्ने समस्या देखिएको छ ।

जल तथा मौसमविद् राज प्रधानाङ्गका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदूषित भएको हो ।

उनले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको बताए । भारतबाट आएको धुलोले काठमाडौँमा असर पुगेको उनले बताए ।

उनले डढेलो र अरु प्रदूषणका कारण वायुको गुणस्तर बिग्रिएको बताए ।

वायु प्रदूषणका कारण स्वास्थ्यमा असर पर्न सक्ने भन्दै चिकित्सकहरुले पनि सतर्कता अपनाउन आग्रह गरेका छन् ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले भने, ‘वायू प्रदूषण बढेको हुँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्छ, यसबारे सबै सचेत हुनुपर्छ । अनावश्यक घर बाहिर ननिस्किनुहोला । वायु प्रदूषणको स्तर अत्याधिक बढेको हुँदा आँखा पोल्ने समस्या देखिएको छ ।’

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : ३५ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६