एमाले संसदीय दल बैठक : नेपाल र रावललाई कारबाही गर्न ओली दृढ « Khabarhub

एमाले संसदीय दल बैठक : नेपाल र रावललाई कारबाही गर्न ओली दृढ


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले स्पष्टीकरण सोधेका नेताहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने संकेत गरेका छन् ।

ओलीले बकैकमा वरिष्ठ नेता झलनाथ खनाल र नेपाल—खनाल पक्षका सदस्यहरु पनि सहभागी हुनुलाई नयाँ परिस्थितिका रूपमा व्याख्या गरे पनि पार्टीलाई नेकपा माओवादी केन्द्रसँगको एकताअघिको अवस्थामा लैजानुपर्छ भन्ने माग अस्वीकार गरे ।

यस्तो मागको अर्थ हो— गत फागनु २८ गते र त्यसयता भएका सबै निर्णय ओली पक्षले फिर्ता लिनु र सबै पदाधिकारीहरुलाई ससम्मान पहिलेकै जिम्मेवारीमा फर्काउनु ।

बालुवाटाररमा शुक्रबार भएको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण कारबाहीका लागि उपयुक्त भएका बताए ।

अध्यक्ष ओलीले उनीहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको र कारबाहीको योग्य रहेको बताएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

एमालेले वरिष्ठ नेता नेपालसहित चार जनालाई स्पष्टीकरण सोधेको थियो । नेपाल र उपाध्यक्ष भीम रावलले बिहीबार ‘स्पष्ट गर्न हुन’ भन्ने विषय राखेर पार्टीमा पत्र बुझाएका थिए । दुवै नेताले ओलीलाई अनेक प्रश्न गर्दै उनैलाई कारबाही गर्नुपर्ने उल्लेख गरेका थिए ।

उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे स्पष्टीकरण बुझाउने क्रममा रहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले दुई जनाको स्पष्टीकरण आउन बाँकी रहेको र सकारात्मक आउने अपेक्षा गरेको बताए । उनले २८ फागुनमा र त्यसपछि पार्टी केन्द्रीय कमिटी र संसदीय दलले गरेका निर्णय फिर्ता नहुने समेत बताएका छन् ।

संसदीय दलको बैठकमा नेपाल–खनाल पक्षका खनालसहितका केही सांसदहरुले नेताहरूले पार्टीलाई २ जेठ २०७५ कै अवस्था अर्थात दुई पार्टीको एकताअघिको अवस्थामा फर्काउन बैठकमा माग गरेका थिए ।

अध्यक्ष ओलीले यस्तो माग अस्वीकार गर्दै कुनै पनि शर्त मान्य नहुने कडा जवाफ दिए ।

बैठकमा अध्यक्ष ओलीले एमालेमा अब गुटगत र समूहगत रूपमा कसैसँग पनि छलफल नहुने पनि प्रष्ट पारेका छन् । दलको बैठकमा असन्तुष्ट नेपाल–खनाल समूहका सांसद सहभागी हुनुलाई प्रधानमन्त्री ओलीले नयाँ परिस्थितिका रूपमा चित्रण गरे तर उनले कुनै पनि लचकताको संकेत गरेनन् । विरोधी नेतामाथि कारबाहीका लागि दृढ देखिए ।

बैठकमा नेपाल–खनाल समूहका खनाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतले आफ्नो धारणा राख्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

बैठकबाट बाहिरिएपछि नेता भट्टराईले बैठकमा आफूहरूको सहभागितालाई लिएर प्रधानमन्त्रीले पार्टीमा नयाँ परिस्थिति निर्माण भएको बताएको जानकारी दिए ।

भट्टराईले भने, ‘हामीले जनमतअनुसार पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ, त्यसका लागि अध्यक्षका नाताले तपाईंले पहल गर्नुहोस् भन्यौँ । उहाँले अस्तिको बैठकमा भाग नलिएका साथीहरू पनि आउनुभएको छ, पार्टीमा नयाँ परिस्थिति निर्माण भएको छ । म सधैँ खुला छु भन्नुभयो ।’

आजको बैठकमा वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावल भने सहभागी भएनन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ६ : ४६ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ