नारायणगढ–बुटवल सडकको काम तोकिएकै अवधिमा सम्पन्न गर्न निर्देशन « Khabarhub

नारायणगढ–बुटवल सडकको काम तोकिएकै अवधिमा सम्पन्न गर्न निर्देशन


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण खण्डका रुपमा रहेको नारायणगढ–बुटवल सडक तोकिएका अवधिमा सम्पन्न गर्न निर्देशन दिएको छ ।

सडक विभागका प्रतिनिधिसहित आज बसेको समितिको बैठकले सडक निर्माणमा रहेको समस्या समाधान गर्दै चाँडो निर्माण सकाउन निर्देशन दिएको हो। समितिका सभापति कल्याणीकुमारी खड्काले सडक विभागलाई राजमार्ग निकुञ्ज भएरै जाने भएकाले त्यहाँ समस्या आउँछ भन्ने पहिले नै तयारी गर्नुपर्ने बताइन् ।

उनले भनिन्, “आयोजनाको अवधि लामो राखौँ तर तोकिएको अवधिमा सकाउनुपर्छ ।”

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले निकुञ्ज क्षेत्रमा रुख काट्न लामो समय लागेकाले आयोजना निर्माणमा ढिलाइ भएको बताए ।

विगतमा सडक विभाग आफैँले रोपेको रुख काट्नसमेत वन विभागसँग अनुमति लिन लामो समय लागेको उनले उल्लेख गरे । उनले भने, “निर्माण व्यवसायीले पनि काममा ढिला गरिरहेको छ ।”

समितिका सदस्य जीपछिरिङ लामाले देशभरका सडक निर्माण गर्दा रुख काट्न र विद्युत्को पोल हटाउन समस्या हुने गरेको बताए ।

समितिका सदस्य सञ्जयकुमार गौतमले राष्ट्रिय गौरवको आयोजनामा समेत एउटा मन्त्रालयमै दुई वर्षसम्म फाइल अड्किँदा पूर्वाधार निर्माण अघि बढ्न सक्दैन भने । समितिका सदस्य केदार सिग्देलले पूर्व तयारी नगरी सडक निर्माण शुरु गर्दा समस्या आउने गरेको उल्लेख गर्नुभयो भने अर्का सदस्य विना श्रेष्ठले अहिलेको अवस्थामा हेर्दा नारायणगढ–बुटवल सडक समयमा सम्पन्न नहुने देखिएको बताए ।

समितिका सदस्य रामबहादूर विष्टले नयाँ बन्ने राजमार्गमा शौचालय, रेष्टुरेन्ट, बस बिसौनीलगायतको व्यवस्थापन हुनुपर्ने औँल्याए । समितिका सदस्य दामोदर भण्डारीले पूर्व–पश्चिम राजमार्ग दीगो, भरपर्दो र सुरक्षित बनाउनुपर्नेमा जोड दिए । यसैगरी समितिका सदस्य टेकबहादुर बस्नेतले सडक विभागले मजदुरका समस्या समाधानमा ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ९ : ४५ बजे

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ : परराष्ट्र सचिव राई

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित