नारायणगढ–बुटवल सडकको काम तोकिएकै अवधिमा सम्पन्न गर्न निर्देशन | Khabarhub Khabarhub

नारायणगढ–बुटवल सडकको काम तोकिएकै अवधिमा सम्पन्न गर्न निर्देशन


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण खण्डका रुपमा रहेको नारायणगढ–बुटवल सडक तोकिएका अवधिमा सम्पन्न गर्न निर्देशन दिएको छ ।

सडक विभागका प्रतिनिधिसहित आज बसेको समितिको बैठकले सडक निर्माणमा रहेको समस्या समाधान गर्दै चाँडो निर्माण सकाउन निर्देशन दिएको हो। समितिका सभापति कल्याणीकुमारी खड्काले सडक विभागलाई राजमार्ग निकुञ्ज भएरै जाने भएकाले त्यहाँ समस्या आउँछ भन्ने पहिले नै तयारी गर्नुपर्ने बताइन् ।

उनले भनिन्, “आयोजनाको अवधि लामो राखौँ तर तोकिएको अवधिमा सकाउनुपर्छ ।”

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले निकुञ्ज क्षेत्रमा रुख काट्न लामो समय लागेकाले आयोजना निर्माणमा ढिलाइ भएको बताए ।

विगतमा सडक विभाग आफैँले रोपेको रुख काट्नसमेत वन विभागसँग अनुमति लिन लामो समय लागेको उनले उल्लेख गरे । उनले भने, “निर्माण व्यवसायीले पनि काममा ढिला गरिरहेको छ ।”

समितिका सदस्य जीपछिरिङ लामाले देशभरका सडक निर्माण गर्दा रुख काट्न र विद्युत्को पोल हटाउन समस्या हुने गरेको बताए ।

समितिका सदस्य सञ्जयकुमार गौतमले राष्ट्रिय गौरवको आयोजनामा समेत एउटा मन्त्रालयमै दुई वर्षसम्म फाइल अड्किँदा पूर्वाधार निर्माण अघि बढ्न सक्दैन भने । समितिका सदस्य केदार सिग्देलले पूर्व तयारी नगरी सडक निर्माण शुरु गर्दा समस्या आउने गरेको उल्लेख गर्नुभयो भने अर्का सदस्य विना श्रेष्ठले अहिलेको अवस्थामा हेर्दा नारायणगढ–बुटवल सडक समयमा सम्पन्न नहुने देखिएको बताए ।

समितिका सदस्य रामबहादूर विष्टले नयाँ बन्ने राजमार्गमा शौचालय, रेष्टुरेन्ट, बस बिसौनीलगायतको व्यवस्थापन हुनुपर्ने औँल्याए । समितिका सदस्य दामोदर भण्डारीले पूर्व–पश्चिम राजमार्ग दीगो, भरपर्दो र सुरक्षित बनाउनुपर्नेमा जोड दिए । यसैगरी समितिका सदस्य टेकबहादुर बस्नेतले सडक विभागले मजदुरका समस्या समाधानमा ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ९ : ४५ बजे

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी