त्रिपालमुनि रात बिताउँदै बाँकेका आगलागी पीडित « Khabarhub

त्रिपालमुनि रात बिताउँदै बाँकेका आगलागी पीडित


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको नरैनापुरका आगलागी पीडित त्रिपालमुनी रात बिताउन बाध्य भएका छन् ।

आगलागीले घर गोठ जलेपछि त्रिपालमुनी बास बस्नुपरेको नरैनापुर गाउँपालिका–६ दोन्द्राकी आगलागी पीडित रमादेवी कोरीले बताए । त्रिपालमुनी बास बस्दा बालबालिका र वृद्धवृद्धालाई समस्या हुने गरेको उनको भनाइ छ ।

गत फागुन २४ गते वडा नं १ सुईया गाउँमा २४ घर नष्ट हुनेगरी आगलागी भएको थियो । त्यसयता वडा नं. ५ मोतिपुर, वडा नं ६ दोन्द्रा, वडा नं २ लक्ष्मणपुर र सोही वडाकै देउचहवा गाउँमा आगलागी भएको नेपाल रेडक्रस सोसाइटी गङ्गापुर उपशाखाका सचिव सोहनलाल यादवले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकामा आगलागीका घटना यस वर्ष ठूलो प्रकोपका रुपमा भइरहेका छन् । आगलागी पीडितलाई रेडक्रसमार्फत त्रिपाल, भाँडावर्तन र कम्बल वितरण गरिएको छ भने विभिन्न सङ्घ संस्थाद्वारा खाद्यान्नलगायत राहत वितरण गरिँदै आएको छ ।

नरैनापुरका अधिकांश वस्तीमा एकआपसमा जोडिएर खरको छानाबाट बनेका घरमा आगलागीको धेरै जोखिम हुने गरेको यादवको भनाइ छ । गर्मीयामको शुरुवातसँगै नरैनापुर क्षेत्रमा आगलागीका घटना बढेका छन् । एक महिनाको अवधिमै ३९ घरमा आगलागी भई खाद्यान्न नष्ट भएको छ । आगलागी पीडित अहिले त्रिपालमुनि रात बिताउन बाध्य छन् ।

आगलागीको प्रकोप न्यूनिकरण गर्न गाउँपालिकाले अब खरका छाना हटाउने अभियान सञ्चालन गर्ने भएको छ । अहिले तत्काल आगलागी पीडित ३१ परिवारलाई प्रदेश सरकारसँगको साझेदारीमा कर्कटपाता वितरण प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिए ।

राहत वितरण

नरैनापुरका आगलागी पीडितलाई राष्ट्रिय युवा सङ्घ नेपाल बाँकेले आज राहत वितरण गरेको छ । वडा नं ६ गङ्गापुरको दोन्द्रा र वडा नं २ लक्ष्मणपुरका आगलागी पीडितलाई खाद्य सामग्री प्रदान गरिएको राष्ट्रिय युवा सङ्घका अध्यक्ष तिलकवीर सुनारले जानकारी दिए ।

नेकपा एमाले बाँकेका अध्यक्ष सूर्य ढकाल, राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सचिव रबिन्द्र लम्साल, केन्द्रीय सचिवालय सदस्य खेम शर्मालगायत नेताले राहत सामग्री वितरण गर्नुभएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १० : ०१ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै