फरक विधाका चार श्रष्टा सम्मानित « Khabarhub

फरक विधाका चार श्रष्टा सम्मानित


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८५औँ जन्म जयन्तीका अवसरमा फरक विधाका चार श्रष्टा सम्मानित भएका छन् ।

वासु शशी स्मृति परिषद्द्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा पर्यटनविद् कर्ण शाक्य, आख्यानकार इन्दिरा प्रसाइँ, वरिष्ठ पत्रकारद्वय श्रीओम श्रेष्ठ ‘रोदन’ र रमण घिमिरे सम्मानित भएका हुन् ।

उनीहरू क्रमशः वासु शशी साहित्य सम्मान, वासु साहित्य पुरस्कार र कुमार सरस्वती साहित्य पुरस्कार २०७६ बाट सम्मानित भएका हुन् । विसं २०५० सालमा स्थापना भएको यस परिषद्ले हरेक वर्ष पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ । तीनवटै पुरस्कारका राशि जनही रु २५ हजार रहेको छ ।

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले साहित्य राष्ट्रको अमूर्त गहना भएकाले यसको संरक्षण गर्नु सबैको मुख्य दायित्व रहेको बताए ।

परिषद्का अध्यक्ष गणेश रसिकले संस्थाले नेपाली सायित्यका विभिन्न विधामा सर्वदा नयाँ दिशाबोध प्रदान गरी नयाँ आयाम थप गर्न सफल साहित्यकारलाई सम्मान गर्दै आएको जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ८ : ४५ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि