प्रदेश प्रमुख डा अहिराजद्वारा वरिष्ठ पत्रकार नेपालीको सम्मान « Khabarhub

प्रदेश प्रमुख डा अहिराजद्वारा वरिष्ठ पत्रकार नेपालीको सम्मान


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – प्रदेश नं २ का प्रमुख डा राजेश अहिराजले वरिष्ठ पत्रकार राजेश्वर नेपालीलाई आज प्रदेश कार्यालयमा दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

अग्रज पत्रकार तथा समाजका अगुवा व्यक्तिका रुपमा पहिचान स्थापित गरेका नेपाली विगत छ दशकदेखि नेपालको पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उनी १६ वर्षकै उमेरदेखि पत्रकारिता क्षेत्रमा निरन्तर रुपमा सेवा प्रदान गर्दै आइरहेका छन् ।

प्रदेश प्रमुख डा अहिराजले सदाचारी अग्रज पत्रकार नेपालीसँग प्रदेशका समस्या र सम्भावनाबारे छलफल गरेका थिए । सो अवसरमा प्रदेश प्रमुख अहिराजले वरिष्ठ पत्रकार नेपालीले समाजको चेतना बढाउने कार्यमा अतुलनीय योगदान गरेकाले उनलाई सम्मान गरिएको बताए ।

वि.सं. २०१८ बाट ‘नेपाल सन्देश’ नामक पत्रिकाबाट पत्रकारिता शुरू गरी नेपालीले राष्ट्रपुकार, विश्वद्वीप, नेपाल टाइम्स र नेपालवाणीलगायतका पत्रपत्रिकामा काम गरिसकेका छन् । यसैबीच प्रदेश प्रमुख अहिराजलाई आज जनकपुरमा ‘डेली एक्सप्रेस’ले सम्मान गरेको छ । सो अवसरमा सो एक्सप्रेसका शङ्कर साहले उनलाई दोसल्ला ओढाएर सम्मानित गरे ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ८ : २८ बजे

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण