प्रदेश प्रमुख डा अहिराजद्वारा वरिष्ठ पत्रकार नेपालीको सम्मान « Khabarhub

प्रदेश प्रमुख डा अहिराजद्वारा वरिष्ठ पत्रकार नेपालीको सम्मान


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – प्रदेश नं २ का प्रमुख डा राजेश अहिराजले वरिष्ठ पत्रकार राजेश्वर नेपालीलाई आज प्रदेश कार्यालयमा दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

अग्रज पत्रकार तथा समाजका अगुवा व्यक्तिका रुपमा पहिचान स्थापित गरेका नेपाली विगत छ दशकदेखि नेपालको पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उनी १६ वर्षकै उमेरदेखि पत्रकारिता क्षेत्रमा निरन्तर रुपमा सेवा प्रदान गर्दै आइरहेका छन् ।

प्रदेश प्रमुख डा अहिराजले सदाचारी अग्रज पत्रकार नेपालीसँग प्रदेशका समस्या र सम्भावनाबारे छलफल गरेका थिए । सो अवसरमा प्रदेश प्रमुख अहिराजले वरिष्ठ पत्रकार नेपालीले समाजको चेतना बढाउने कार्यमा अतुलनीय योगदान गरेकाले उनलाई सम्मान गरिएको बताए ।

वि.सं. २०१८ बाट ‘नेपाल सन्देश’ नामक पत्रिकाबाट पत्रकारिता शुरू गरी नेपालीले राष्ट्रपुकार, विश्वद्वीप, नेपाल टाइम्स र नेपालवाणीलगायतका पत्रपत्रिकामा काम गरिसकेका छन् । यसैबीच प्रदेश प्रमुख अहिराजलाई आज जनकपुरमा ‘डेली एक्सप्रेस’ले सम्मान गरेको छ । सो अवसरमा सो एक्सप्रेसका शङ्कर साहले उनलाई दोसल्ला ओढाएर सम्मानित गरे ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ८ : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै