नेपाली सेनाद्वारा पत्रकारसहित २८ जनालाई प्रधानसेनापति प्रशंसा निशान प्रदान « Khabarhub

नेपाली सेनाद्वारा पत्रकारसहित २८ जनालाई प्रधानसेनापति प्रशंसा निशान प्रदान


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले राष्ट्र, जनता र सेनाको बृहत्तर हितमा विशिष्ट योगदान पुर्‍याउनेहरुलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरेको छ ।

सेना दिवस २०७७ का अवसरमा सैनिक मुख्यालय जंगीअड्डामा शुक्रबार आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले समाजका विभिन्न क्षेत्रका २८ जनालाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेका हुन् ।

उक्त पदकबाट सम्मानित हुनेमा पूर्व रक्षा सचिव शंकरप्रसाद पाण्डे, भन्सार जाँच पास परीक्षण कार्यालयका सह–सचिव विष्णुराज ढकाल, रेडियो नेपालका समाचार सम्पादक अच्युतराज अर्याल, गैरसरकारी संस्था अक्सफामका लागि क्षेत्रीय सुरक्षा सल्लाहकार चीरनजंग थापा, बेशिसहर नगरपालिका वडा नम्बर २ का अध्यक्ष गणेशबहादुर कंडेल खत्री, चिकित्सक डा.कबिर थकाली र इन्जिनियर फागुसिंह लिम्बु लगायत रहेका छन् ।

नेपाली सेनासँग सहकार्य गर्दै आएका मुलुकका सैनिक, राष्ट्रसेवक कर्मचारी, खेलाडी, सञ्चारकर्मी, समाजसेवी लगायत विदेशी नागरिक र संस्थालाई २०७१ बाट सेनाले प्रशंसा निशानसहित कदर पत्रबाट सम्मान गर्दै आएको छ ।

छिमेकी कतिपय मुलुकमा पनि राष्ट्र र सैनिक सङ्गठनको प्रतिष्ठा र ओज बढाउने कार्यमा उत्कृष्ट योगदान पुर्‍याउने सैनिक तथा गैह्र सैनिक व्यक्तिलाई यस खालको सम्मानसहित कदरपत्र प्रदान गर्ने प्रचलन रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ८ : ३४ बजे

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा

राजस्व सुधारमा सरकारको योजना : निष्क्रिय धरौटी रकम परिचालनदेखि ई-बिलिङ र १३९ कोष एकीकरणसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको

दलीय ट्रेड युनियनहरू खारेज गर्ने बालेन सरकारको घोषणा

काठमाडों – सरकारले सार्वजनिक प्रशासनमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य

भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम : १५ दिनभित्र शक्तिशाली ‘सम्पत्ति छानबिन समिति’ बनाइने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले