कांग्रेसले इमान्दार र निष्ठावान् नेता गुमायो : सभापति देउवा « Khabarhub

कांग्रेसले इमान्दार र निष्ठावान् नेता गुमायो : सभापति देउवा


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनबाट कांग्रेसले इमान्दार र निष्ठावान् नेता गुमाएको बताएका छन्।

‘नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु’, देउवाले फेसबुकमा लेखेका छन्, ‘जोशीजीको निधनले कांग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ।’

सभापति शेरबहादुर देउवाले उनको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

हार्दिक श्रदाञ्जली नविन्द्रजी

नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको…

Posted by Sher Bahadur Deuba on Friday, 26 March 2021

त्यस्तै, प्रवक्ता विश्वप्रकाश शर्माले नेता नवीन्द्रराज जोशीको निधनबाट देशले असल र कुशल नेता गुमाएको बताएका छन्।

‘तपाईंको आत्मालाई शान्ति मिलोस् स्वर्गमा। देशले आज एक असल र कुशल नेता गुमाउनुपरेको छ’, प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्।

नेता जोशीको नर्भिक अस्पतालमा शुक्रबार राति निधन भएको अस्पतालले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सक राजीव झाले शुक्रबार ८ः ३० बजे जोशीको निधन भएको जानकारी दिए ।  फागुन १४ गते जोशीलाई मष्तिष्कघात भएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ९ : ३७ बजे

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा

राजस्व सुधारमा सरकारको योजना : निष्क्रिय धरौटी रकम परिचालनदेखि ई-बिलिङ र १३९ कोष एकीकरणसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको

दलीय ट्रेड युनियनहरू खारेज गर्ने बालेन सरकारको घोषणा

काठमाडों – सरकारले सार्वजनिक प्रशासनमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य

भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम : १५ दिनभित्र शक्तिशाली ‘सम्पत्ति छानबिन समिति’ बनाइने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले