कांग्रेसले इमान्दार र निष्ठावान् नेता गुमायो : सभापति देउवा « Khabarhub

कांग्रेसले इमान्दार र निष्ठावान् नेता गुमायो : सभापति देउवा


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनबाट कांग्रेसले इमान्दार र निष्ठावान् नेता गुमाएको बताएका छन्।

‘नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु’, देउवाले फेसबुकमा लेखेका छन्, ‘जोशीजीको निधनले कांग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ।’

सभापति शेरबहादुर देउवाले उनको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

हार्दिक श्रदाञ्जली नविन्द्रजी

नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको…

Posted by Sher Bahadur Deuba on Friday, 26 March 2021

त्यस्तै, प्रवक्ता विश्वप्रकाश शर्माले नेता नवीन्द्रराज जोशीको निधनबाट देशले असल र कुशल नेता गुमाएको बताएका छन्।

‘तपाईंको आत्मालाई शान्ति मिलोस् स्वर्गमा। देशले आज एक असल र कुशल नेता गुमाउनुपरेको छ’, प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्।

नेता जोशीको नर्भिक अस्पतालमा शुक्रबार राति निधन भएको अस्पतालले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सक राजीव झाले शुक्रबार ८ः ३० बजे जोशीको निधन भएको जानकारी दिए ।  फागुन १४ गते जोशीलाई मष्तिष्कघात भएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ९ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै