आयोगद्वारा राष्ट्रियसभा उपनिर्वाचनको कार्यक्रम स्वीकृत « Khabarhub

आयोगद्वारा राष्ट्रियसभा उपनिर्वाचनको कार्यक्रम स्वीकृत


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा सदस्यको आगामी उपनिर्वाचनका लागि यही वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नुपर्ने भएको छ ।

वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको आगामी जेठ ६ गते बिहीबार हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गर्दै निर्वाचन आयोगले वैशाख २४ गते नै मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

यही वैशाख २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।  स्वीकृत कार्यक्रमअनुसार, वैशाख २१ गते मतदाता नामावली प्रकाशन तथा दाबी विरोधको उजूरी दिने, वैशाख २२ र २३ गते निवेदन तथा उजूरीउपर छानबिन र कारबाही गर्ने, वैशाख २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, वैशाख २५ गते उम्मेदवारको विरोधमा उजूरी दिने निर्वाचन कार्यतालिका छ ।

आयोगका अनुसार, वैशाख २६ र २७ गते मनोनयनपत्र र उजूरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख २८ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने कार्यक्रम छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १ : ५७ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

रास्वपाका सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी