आयोगद्वारा राष्ट्रियसभा उपनिर्वाचनको कार्यक्रम स्वीकृत « Khabarhub

आयोगद्वारा राष्ट्रियसभा उपनिर्वाचनको कार्यक्रम स्वीकृत


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा सदस्यको आगामी उपनिर्वाचनका लागि यही वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नुपर्ने भएको छ ।

वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको आगामी जेठ ६ गते बिहीबार हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गर्दै निर्वाचन आयोगले वैशाख २४ गते नै मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

यही वैशाख २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।  स्वीकृत कार्यक्रमअनुसार, वैशाख २१ गते मतदाता नामावली प्रकाशन तथा दाबी विरोधको उजूरी दिने, वैशाख २२ र २३ गते निवेदन तथा उजूरीउपर छानबिन र कारबाही गर्ने, वैशाख २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, वैशाख २५ गते उम्मेदवारको विरोधमा उजूरी दिने निर्वाचन कार्यतालिका छ ।

आयोगका अनुसार, वैशाख २६ र २७ गते मनोनयनपत्र र उजूरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख २८ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने कार्यक्रम छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १ : ५७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना