बाँके र बर्दियामा निषेधाज्ञा | Khabarhub Khabarhub

बाँके र बर्दियामा निषेधाज्ञा


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना संक्रमण बढेपछि बाँके र बर्दिया जिल्ला प्रशासन कार्यालयले आज मध्यरातिदेखि एक साता निषेधाज्ञा जारी गरेका छन् ।

संक्रमण फैलिँदै गएकाले बाँके जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार सोमबार राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुने छ ।

बर्दिया जिल्लामा पनि आज मध्यरातिदेखि वैशाख १९ गते मध्यरातिसम्म निषेधाज्ञा गरिएको छ ।

छिमेकी जिल्ला बाँकेमा कोरोना संक्रमण दर बढ्दै गएपछि बर्दिया  प्रशासनले पनि निषेधाज्ञा गरेको हो ।

निषेधाज्ञामा स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय पनि बन्द गर्न प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा भनिएको छ ।

जिल्लमा अनुमति प्राप्त, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायबाहेकको सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ ।

निषेधाज्ञा गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लालीबजार र ओराली बजार क्षेत्रमा लागू हुने बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : १० बजे

विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी

पाल्पा- पाल्पाकाे रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग

पहलगम आक्रमणका योजनाकार मारिए

श्री नगर – पहलगम आक्रमण भएको तीन महिनापछि आर्मीको पारा

भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सुर्खेत– भेरी नदीमा पानीको सतह बढेको छ । भेरी नगरपालिका–१

अमेरिकामा बन्दुकधारीको आक्रमण : एक प्रहरीसहित चार जनाको मृत्यु

न्युयोर्क – अमेरिकाको न्युयोर्कमा रहेको एक गगनचुम्बी महलमा भर्खरै भएको

काठमाडौंको नागपोखरीमा नागकाे पूजा (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी