सरकारको निर्णय नमान्ने ११ निजी विद्यालयका प्रधानाध्यापक प्रहरी नियन्त्रणमा | Khabarhub Khabarhub

सरकारको निर्णय नमान्ने ११ निजी विद्यालयका प्रधानाध्यापक प्रहरी नियन्त्रणमा


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विद्यालय बन्द गर्ने सरकारको निर्णय अवज्ञा गरेको भन्दै सप्तरी प्रशासन कार्यालयले ११ जना निजी विद्यालयका प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ ।

राजविराज नगरपालिकाका मेयर शम्भु यादव, प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोख्रेलसहितको टोली सोमबार बिहान सञ्चालनमा रहेका निजी विद्यालयमा पुगेको थियो ।

सरकारको निर्णयलाई वेवास्ता गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । हाल जिल्ला प्रहरी कार्यालयमा राखिएका प्रधानाध्यापकहरुलाई कानून बमोजिम कारवाही गर्ने पोख्रेलको भनाइ छ ।

सरकाले गत वैशाख ६ गते सप्तरीसहित विभिन्न १४ वटा जिल्लाई कोरोना संक्रमणको अति प्रभावित घोषणा गरेर उक्त जिल्लाका शहरी क्षेत्रका विद्यालय वैशाखमसान्त सम्म बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १२ : २४ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम