सरकारको निर्णय नमान्ने ११ निजी विद्यालयका प्रधानाध्यापक प्रहरी नियन्त्रणमा « Khabarhub

सरकारको निर्णय नमान्ने ११ निजी विद्यालयका प्रधानाध्यापक प्रहरी नियन्त्रणमा


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विद्यालय बन्द गर्ने सरकारको निर्णय अवज्ञा गरेको भन्दै सप्तरी प्रशासन कार्यालयले ११ जना निजी विद्यालयका प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ ।

राजविराज नगरपालिकाका मेयर शम्भु यादव, प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोख्रेलसहितको टोली सोमबार बिहान सञ्चालनमा रहेका निजी विद्यालयमा पुगेको थियो ।

सरकारको निर्णयलाई वेवास्ता गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । हाल जिल्ला प्रहरी कार्यालयमा राखिएका प्रधानाध्यापकहरुलाई कानून बमोजिम कारवाही गर्ने पोख्रेलको भनाइ छ ।

सरकाले गत वैशाख ६ गते सप्तरीसहित विभिन्न १४ वटा जिल्लाई कोरोना संक्रमणको अति प्रभावित घोषणा गरेर उक्त जिल्लाका शहरी क्षेत्रका विद्यालय वैशाखमसान्त सम्म बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १२ : २४ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको