अमेरिकामा सुनिए बुद्धवीरका गीत « Khabarhub

अमेरिकामा सुनिए बुद्धवीरका गीत


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा ‘बुद्धवीर लामा दशौं गीतिमय साँझ २०२१’ आयोजना गरिएको छ । गीतकार बुद्धवीर लामाको एकल गीतहरु प्रस्तुत भएको कार्यक्रम शनिबार साँझ (नेपाली समय अनुसार आइतबार) पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग शहरमा आयोजना भएको थियो ।

कार्यक्रममा लामाको रचना रहेको दर्जन बढी गीतहरु विभिन्न कलाकारहरु प्रस्तुत गरेका थिए । जसमा यमु राईले ‘धोखा दियौ तिमीले’ र ‘लाली गुराँस अजम्बरी’, टीका लामिछानेले ‘खोटाङ हलेसी’ र ‘कतिमाया लाग्छ’, मनोज ढकालले ‘बादलुको घुम्टोले’, जितेन्द्र गिरीले ‘सबैकुरा भन्दा नि पैसै ठूलो छ’, निर्मल गुरुङ र रुकु ढुंगानाले ‘आज हाम्रो भेट भाको दिन’, प्रेम गुरुङ्गले ‘चलेछ बतास सुस्तरी’, रुकसमणि ढुंगानाले ‘चोली राम्रो पाल्पाली ढाकाको’लगायतका गति सुनाएका थिए ।

कार्यक्रममा गीतकार लामालाई १७ लाख ९५ हजार २ रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा गीतकार धन लोप्चनले लामाको सम्मानमा उनका रचनाहरु वाचन गरेर सुनाएका थिए ।

करिव ३ घण्टा चलेको कार्यक्रममा नेपाली भाषी भुटानी अमेरिकन नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो । विदेशमा नेपाली गीतकारको एकल सांगीतिक कार्यक्रम आयोजना भएको र सोही कार्यक्रममा १७ लाख बढी नगद सहित सम्मान पाउने नेपाली कलाकारमा सम्भवत गीतकार लामा पहिलो व्यक्ति हुन् ।

लामाका यसअघि काठमाडौंमा आठ पटक तथा झापामा एक पटक एकल साँझ आयोजना भएको थियो । यस अगाडि कार्यक्रमबाट उठेको रकम खर्च कटाएर बृद्धा आश्रम र बाल अनाथालयलाई प्रदान गर्दै आएका लामाले अमेरिकामा सम्मानबाट पाएको आफ्नो जन्मथलो इलामको बौद्धधाममा पहिलो पटक म्याराथन दौड आयोजना गर्ने बताए ।

‘विदेशमा गीतकारहरुलाई बोलाएर एकल सांगीतिक कार्यक्रमको आयोजना शुरु भएको छ । यो खुसी र गर्भको कुरो हो’ लामाले भने ‘यसले म मात्र होइन, सम्पूर्ण गीतकारलाई समेत हौसला मिलेको छ ।’

करिब ४ दशकदेखि गीत लेखनमा क्रियासिल लामाका सयौं गीतहरु लोकप्रिय छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ३ : ४५ बजे

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत