नेपालमा एकैदिन ३५५६ कोरोना संक्रमित थपिए, १२ को मृत्यु | Khabarhub Khabarhub

नेपालमा एकैदिन ३५५६ कोरोना संक्रमित थपिए, १२ को मृत्यु


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३४४२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१२ हजार ४०० जनाको पीसीआर र ८९३ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ३५ हजार ६१ पुगेको छ ।

२४ घण्टामा थप ३७८ ले जिते कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ ।

२४ घण्टामा थप १२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १२जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १७६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यकामा मात्रै थपिए १९१२ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १५६७, भक्तपुरमा १२२ र ललितपुरमा २२३ जनामा गरी कुल १९१२ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १४९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

कुन उमेरसमूहमा कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २०-२९ वर्ष उमेर समूहका सबैभन्दा धेरै ८६३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उमेर समूह अनुसार यस्तो छ कोरोना संक्रमितको विवरण-

उमेर समूह अनुसार  संक्रमितको विवरण
०-९ वर्ष – ६३
१०-१९ वर्ष – २७३
२०-२९ वर्ष – ८६३
३०-३९ वर्ष – ८५०
४०-४९ वर्ष – ६०७
५०-५९ वर्ष – ४०५
६०-६९ वर्ष – २१६
७०-७९ वर्ष – १०१
८०-८९ वर्ष – ३२
९०-१०० वर्ष- ५
अज्ञात – २७

सक्रिय संक्रमितको संख्या २२ हजार नाघ्यो

नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या २२ हजार नाघेको छ ।

पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या २२ हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ रहेको छ । यसअघि हिजो आइतबारसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ थियो ।

यी हुन् ५ सय बढी सक्रिय संक्रमित भएका जिल्ला

मन्त्रालयको तथ्याक अनुसार नेपालमा हाल ९ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी छ ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ ।

२४ घण्टामा कुन जिल्लामा कति थपिए ?

पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएकाहरुको  जिल्लागत विवरण यस्तो छ-

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ५ , उदयपुरमा ४, खोटाङमा १, झापामा ४३, ताप्लेजुङमा २ , धनकुटामा २ , पाँचथर ३, भोजपुरमा २, मोरङमा १३४, संखुवासभामा २, सुनसरीमा ४२ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ३१ , पर्सामा ९८, बारामा १४, महोत्तरीमा ६, रौतहटमा१४ , सप्तरीमा ७ , सर्लाहीमा १३ र सिरहामा १० जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १५६७ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २७ , चितवनमा ९६, दोलखामा ३ , धादिङमा ५२ , नुवाकोटमा १४ , भक्तपुरमा १२२ , मकवानपुरमा ३२ , रसुवामा ४ , रामेछापमा ४ , ललितपुरमा २२३, सिन्धुपाल्चोकमा ४ र सिन्धुली ५ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ६२ , गोरखामा २३ , तनहुँमा ७ , नवलपरासी पूर्वमा ३० , पर्वत ७, मुस्ताङ १, म्याग्दी ४, लमजुङमा ६, बागलुङमा ६ र स्याङजामा ५ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ९ , कपिलवस्तुमा १५, गुल्मीमा २०, दाङमा २६, नवलपरासीमा ४, पाल्पामा ३४, प्यूठानमा ४, बर्दियाका २३, बाँकेमा ३०७ , रुकुम पूर्व २ , रुपन्देहीमा ९५ र रोल्पामा ५ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २ , जाजरकोटमा १, जुम्ला १, दैलेखमा २, रुकुम पश्चिममा २, सल्यानमा ४, सुर्खेतमा ३ र हुम्लामा २ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ४१ , कैलालीमा २८ , डडेल्धुरामा १८ , डोटी १४ , दार्चुला ३ , बझाङमा १ , बाजुरामा १ र बैतडी ३२ मा जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमित कहाँ कति ?

नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।

हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ३४६ जना स‌क्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ७८ जना संक्रमित भेन्टिलेटरमा र २६८ को आईसीयूमा उपचारत छन्।

मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा २४ जना संक्रमित आईसीयूमा र १ जना भेन्टिलेटरमा, प्रदेश २ मा हाल आईसीयूमा ९ जना उपचाररत छन् । यसैगरी बाग्मती प्रदेशमा ११९ जना आईसीयूमा र ४९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी गण्डकी प्रदेशमा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७५ जना आईसीयूमा र २३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा १६ जना आईसीयूमा तथा सुदूरपश्चिम प्रदेशमा २० जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : १२ बजे

कोशी र बागमतीमा ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध (सूचनासहित)

काठमाडौं– जल तथ मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा सुनसरीको

दुई सातामा सात नेता गुमाएको हिजबुल्लाहको कति छ शक्ति ?

पछिल्लो दुई सातामा इजरायलको आक्रमणमा सात जना हिजबुल्लाहका कमान्डर मारिए।

कर्णाली प्रदेशसभाको अधिवेशन आज अन्त्य हुँदै

कर्णाली– कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आज राति १२ बजेबाट अन्त्य

जलविद्युत आयोजनामा बाढीको कहर, ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर

काठमाडौं- बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो ।

वैकल्पिक मार्गबाट दिक्तेल–काठमाडौँ बस सेवा सञ्चालन

खोटाङ– खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौँसम्मको