२४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण) « Khabarhub

२४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण)


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ३५  हजार ६१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३४४२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१२ हजार ४०० जनाको पीसीआर र ८९३ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएकाहरुको  जिल्लागत विवरण यस्तो छ-

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ५ , उदयपुरमा ४, खोटाङमा १, झापामा ४३, ताप्लेजुङमा २ , धनकुटामा २ , पाँचथर ३, भोजपुरमा २, मोरङमा १३४, संखुवासभामा २, सुनसरीमा ४२ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ३१ , पर्सामा ९८, बारामा १४, महोत्तरीमा ६, रौतहटमा१४ , सप्तरीमा ७ , सर्लाहीमा १३ र सिरहामा १० जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १५६७ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २७ , चितवनमा ९६, दोलखामा ३ , धादिङमा ५२ , नुवाकोटमा १४ , भक्तपुरमा १२२ , मकवानपुरमा ३२ , रसुवामा ४ , रामेछापमा ४ , ललितपुरमा २२३, सिन्धुपाल्चोकमा ४ र सिन्धुली ५ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ६२ , गोरखामा २३ , तनहुँमा ७ , नवलपरासी पूर्वमा ३० , पर्वत ७, मुस्ताङ १, म्याग्दी ४, लमजुङमा ६, बागलुङमा ६ र स्याङजामा ५ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ९ , कपिलवस्तुमा १५, गुल्मीमा २०, दाङमा २६, नवलपरासीमा ४, पाल्पामा ३४, प्यूठानमा ४, बर्दियाका २३, बाँकेमा ३०७ , रुकुम पूर्व २ , रुपन्देहीमा ९५ र रोल्पामा ५ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २ , जाजरकोटमा १, जुम्ला १, दैलेखमा २, रुकुम पश्चिममा २, सल्यानमा ४, सुर्खेतमा ३ र हुम्लामा २ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ४१ , कैलालीमा २८ , डडेल्धुरामा १८ , डोटी १४ , दार्चुला ३ , बझाङमा १ , बाजुरामा १ र बैतडी ३२ मा जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : ५६ बजे

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक