कोरानाको संक्रमण रोक्नेतर्फ गम्भीर हुन सभापति देउवाको आग्रह « Khabarhub

कोरानाको संक्रमण रोक्नेतर्फ गम्भीर हुन सभापति देउवाको आग्रह


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक दोस्रो चरणको कोभिड–१९ संक्रमणको चपेटामा परेको वर्तमान परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल नियन्त्रणका हर सम्भव उपाय गर्न सरकारसँग माग गरेका छन् ।

साथै उनले सङ्क्रमितहको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ सरकारलाई गम्भीर हुन पनि माग गरेका छन् ।

मुलुकमा पछिल्ला समय कोभिड–१९ संक्रमण दर तीव्र गतिमा बढेको र संक्रमणबाट गम्भीर बिरामी भएर आइसियु र भेन्टिलेटरको आवश्यकता पर्नेको सङ्ख्या पनि बढ्दो छ ।

अहिले युवाहरुमा पनि संक्रमण उल्लेख्य रुपमा बढेको र सङ्क्रमितको उपचार पूरा गर्न मुलुकको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको उनले उल्लेख गरेका छन् ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत आम नागरिकहरुलाई कोभिड–१९ को संक्रमणवाट सुरक्षित राख्न कोरोनाविरुद्धको खोप सबैभन्दा भरपर्दो उपाय भएको उल्लेख गर्दै त्यसतर्फ सरकारले समयमा गम्भीर नहुनाले खोपको समुचित व्यवस्था हुन नसकेको बताएका छन् ।

मित्रराष्ट्र भारतबाट शुरुमै १० लाख निःशुल्क खोप प्राप्त भएका कारण ठूलो राहत महसुस भएको थियो । पछि चीनबाट पनि आठ लाख खोप निःशुल्क प्राप्त भई वितरण भइरहेको बताउँदै उनले उक्त सहयोगका लागि दुवै मित्रराष्ट्रलाई धन्यवादसमेत दिएका छन् ।

सभापति देउवाले देशको सम्पूर्ण आवश्यकता पूर्ति गर्न अझ ठूलो सङ्ख्यामा खोपको आवश्यकता रहेकाले चाँडोभन्दा चाँडो आवश्यक खोपको व्यवस्था मिलाउनेतर्फ ठोस योजनासहित कूटनैतिक सक्रियता बढाउन पनि सरकारसँग माग गरेका छन् ।

विकसित मित्रराष्ट्रहरुले खोप उत्पादक संस्थाहरुसँग आ–आफ्नो देशहरुको आवश्यकताभन्दा पनि बढी सङ्ख्यामा अग्रिम बुकिङ सुरक्षित गरेको अवस्थामा अग्रिम बुकिङ गर्न नसकेका नेपाल जस्ता देशहरुलाई बुकिङ भएको सङ्ख्या मध्येबाट खोप सुविधा उपलब्ध गराउन पनि सम्बन्धित मित्रराष्ट्रहरुसँग उहाँले अनुरोध गरेका छन् ।

सभापति देउवाले कोभिड–१९ बाट सुरक्षित हुन, अनिवार्य मास्क लगायतका सुरक्षा व्यवस्था र संक्रमण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सुरक्षा प्रोटोकलको अनुसरण गर्न पनि सम्पूर्णमा अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : ११ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने