चितवनमा तीन कोरोना संक्रमितको मृत्यु « Khabarhub

चितवनमा तीन कोरोना संक्रमितको मृत्यु


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कोरोना सङ्क्रमणका कारण चितवनमा तीनजना वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८५ वर्षीय वृद्ध र लम्जुङ सुन्दरबजार नगरपालिका–२ का ७५ वर्षीय वृद्ध रहेका छन् । अस्पतालका अनुसार वीरगञ्जका वृद्ध कोरोना सङ्क्रमण पुष्टि भई वैशाख ९ गते भरतपुर अस्पतालमा उपचारका लागि आएका थिए ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ८ः५० बजे मृत्यु भएको हो ।

यस्तै, लम्जुङको सुन्दरबजारका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । वैशाख १० गते कोरोना सङ्क्रमण पुष्टि भई भरतपुर अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि गए राति पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मकवानपुरका ८५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

निमोनियाका कारण वैशाख ११ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोभिड सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको गए राति १:४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै