प्रहरीको ‘मास्क खोइ’ अभियान शुरु « Khabarhub

प्रहरीको ‘मास्क खोइ’ अभियान शुरु


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले ‘मास्क खोइ’ अभियान शुरु गरेको छ ।

विश्वमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस नेपालमा समेत दिनानुदिन फैलिँदै गएपछि महानगरीय प्रहरी प्रभाग एवम् ट्राफिक प्रहरी प्रभाग कलंकीले आज संयुक्त रुपमा कलंकीको मुख्य सडकमा ‘मास्क खोइ’ अभियान शुरु गरेका हुन् ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काले उपत्यका बाहिरिने तथा प्रवेश गर्ने सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई सुरक्षित भएर यात्रा गर्नका लागि उक्त अभियान सञ्चालन गरेको जानकारी दिए ।

प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई कलंकी चोकको होल्डिङ सेन्टरमा दुई घण्टा राखेर सम्झाइबुझाइ गरी मास्क किन्न लगाएर छोडिएको छ ।

कलंकी चोक वरपर मास्क नलगाई हिँड्ने २१ व्यक्तिलाई पक्राउ गरी दुई घण्टा होल्डिङ सेन्टरमा राखेर छोडिएको महानगरीय प्रहरी प्रमुख, प्रहरी निरीक्षक मिठु खड्काले बताए । प्रहरीले चन्द्रागिरिको मुख्य राजमार्ग र कलंकी क्षेत्रमा उक्त अभियान सञ्चालन गर्ने जनाएको छ ।

यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौँले आज बिहान मास्क नलगाई हिँड्ने एक हजार ३२५ व्यक्तिलाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ छाडेको छ । प्रहरीले विश्वमा फैलँदै गएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ महामारीलाई ध्यानमा राखेर एक हजार तीन पुरुष र ३२२ महिलाई पक्राउ गरेर सम्झाइबुझाइ छाडिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : २६ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट