अति प्रभावित जिल्लाहरुमा ‘स्वास्थ्य संकटकाल’ घोषणा गर्न चिकित्सक संघकाे आग्रह « Khabarhub

अति प्रभावित जिल्लाहरुमा ‘स्वास्थ्य संकटकाल’ घोषणा गर्न चिकित्सक संघकाे आग्रह


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चिकित्सक संघले कोभिड –१९ बाट अति प्रभावित जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारलाई समक्ष आग्रह गरेको छ ।

चिकित्सक संघले सोमबार विज्ञप्ति जारी गर्दै अस्पतालहरुमा सघन उपचार शैया, औषधि र अक्सिजनको अभावका कारण मृत्यु हुनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको परिस्थितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले नेपालमा कोरोनाको दोस्रो लहर आइसकेर नयाँ स्वरुपको संक्रमण पनि पुष्टि भइ तीव्र बन्दै गएकाले लकडाउन गर्न आग्रह गरेको हो ।

संक्रमण नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी र सर्वसाधारणलाई सावधानी अपनाउन संघको अपिल छ । त्यस्तै संघले कोभिड नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी र सर्वसाधारणलाई छुट्टाछुट्टै सुझाव पनि दिएको छ ।

संघले कोभिड अस्पताल घोषणा गरी संक्रमितलाई छुट्टै उपचार गर्न र फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु अझै पनि कोरोना खोपबाट बञ्चित रहेको हुँदा यथाशीघ्र उपलब्ध गराउन माग गरेको छ ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : १४ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब