मुलुकभरका सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय « Khabarhub

मुलुकभरका सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

‘यसअघि नै विद्यालय बन्द गर्ने निर्णय भइसकेको छ । भर्चुअल माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्नू भन्ने निर्देशन पनि भइसकेकोमा सोही निर्णयलाई निरन्तरता दिएको हो,’ एक मन्त्रीले भने ।

त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय लिएको एक मन्त्रीले जानकारी दिए । यसैगरी बैठकले कोरोना संक्रमण बढ्दै जाँदा सक्रिय संक्रमित संख्याको आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

सीसीएमसी बैठकको सिफारिस बमोजिम सरकारले पहाडी क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको ती मन्त्रीले बताए ।

सिफारिसअनुसार पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा स्थानीय प्रशासनले नै यससम्बन्धी आवश्यक निर्णय गर्ने जनाइएको छ ।

नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रम रोक्ने, विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने लगायतका निर्णय गरेको समेत उनले जानकारी दिए ।

बैठकले आन्तरिक उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ ।

‘अहिले स्वास्थ्य मापदण्डहरु पालना गरेर उडान यथावत सञ्चालन गर्ने कुरा भएको छ,’ उनले भने, ‘पछि आवश्यक पर्यो भने अर्को निर्णय लिन सकिन्छ ।’

सोमबार बसेको सीसीएमसी बैठकले सबै तहका परीक्षा स्थगन गर्नुका साथै सीमानाका बन्द गर्नुपर्ने, विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ने लगायतका व्यवस्ता गर्न सरकारलाई सिफारिस गरेको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : १० बजे

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक

अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता

तेहरान- अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध सुरू भएको छ।