बुधबारदेखि कास्कीमा एक हप्ता निषेधाज्ञा | Khabarhub Khabarhub

बुधबारदेखि कास्कीमा एक हप्ता निषेधाज्ञा


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीमा बुधबारदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ।

कोरोना संक्रमणको दर बढेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले यस्तो निर्णय लिएको हो।

कास्कीमा १५ गते बिहान ६ बजेदेखि २१ वैशाख राति १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए।

निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकलसहित अत्यावश्यकबाहेक अरु सबै सवारी साधन आवतजावत बन्द रहने छ। होटल, रेस्टुरेन्ट, डिस्को, अत्यावश्यकबाहेकका पसल पनि खोल्न पाइने छैन। यस्तै सवारीमा जोरबिजोर प्रणाली लगाइने छ।

खाद्यान्न र निर्माण सामग्री पसल बिहान ५ बजेदेखि राति ८ बजेसम्म मात्रै खोल्न पाइने छ। बैंक तथा वित्तीय संस्थाले पनि सिमित संख्यामा कर्मचारी उपस्थित गराएर सेवा प्रवाह गर्न पाउने सूचना जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : ४५ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।