ग्लोबल आइएमई बैंक गाईघाटद्वारा अटो चालकहरुलाई क्यूआर कोड वितरण « Khabarhub

ग्लोबल आइएमई बैंक गाईघाटद्वारा अटो चालकहरुलाई क्यूआर कोड वितरण


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- ग्लोबल आइएमई बैंक लिमिटेडको गाईघाट शाखाले सीटी सफारी यातायात प्रा.लि.बाट सञ्चालित अटो रिक्सा चालकहरूलाई क्यूआर कोड वितरण गरेको छ ।

बैंकको गाईघाट शाखा कार्यालय परिसरभित्र आयोजित एक कार्यक्रमबीच बैंकको प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरुलाई क्यूआर कोड वितरण गरेका छन् ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंक, प्रदेश नं. १ का प्रमुख सापकोटाले क्यूआर कोडले छिटो, छरितो र सरल ढङ्गबाट नगद रहित कारोबार गर्नमा सहयोग गर्ने बताए ।

यसैगरी, ग्लोबल आइएमई बैंक गाईघाट शाखाका प्रबन्धक रबिनराज दाहालले क्यूआर कोडको प्रयोगले वस्तु तथा सेवाको खरिद गर्दा नगद बोक्नुपर्ने र बैंकमा समय बिताउनुपर्ने झन्झटबाट मुक्त हुने, कारोबारको सुरक्षामा पनि बढावा हुने र कोभिड–१९ को संक्रमणको जोखिम न्युनीकरण हुने कुरा बताएका छन् ।

बैंकले वित्तीय कारोबारमा सहजीकरण प्रदान गर्ने उद्देश्यले त्रियुगा नगरपालिका क्षेत्रमा रहेका विभिन्न १५० भन्दा बढी व्यवसायीहरुलाई क्यूआर हस्तान्तरण गरेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७३ शाखा, २४२ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : ३८ बजे

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’

चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा आयात-निर्यातमा असर

काठमाडौं– चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा चीनसँगको