एनएमबी बैंकको कन्ट्याक्टलेस कार्डबाट बस भाडा तिर्न सकिने | Khabarhub Khabarhub

एनएमबी बैंकको कन्ट्याक्टलेस कार्डबाट बस भाडा तिर्न सकिने


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबि बैंकले हालको परिवेश र सुरक्षाको आवश्यकतालाई मध्यनजर गर्दै बस भाडा तिर्नको लागि ‘कन्ट्याक्टलेस’ कार्ड जारी गरेको छ।

घरमै बसी ओम्नी च्यानलमार्फत खाता लगायत विविध बैंकिङ्ग सेवाको सफलतापूर्वक सञ्चालन भएसंगै एनएमबि बैंकले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक इन्टरनेशनलसँग सहकार्य गर्ने गरी समझदारी गरेको छ।

उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दूरीका आधारमा बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ।

यस्तै प्रकारको भुक्तानी प्रणाली विश्वको विकसित मुलुकको सहरहरुमा प्रयोग भइरहेको पाइन्छ।

हालको प्रतिकुल परिस्थितिमा ग्राहक वर्गलाई बस भाडा तिर्ने कार्यमा सहजता होस भन्ने उद्धेश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुुभारम्भ गरेको हो।

हाल संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा यो सुविधा उपलब्ध भइरहेकोे र अरु विभिन्न बस व्यवसायीहरु संग सहकार्य गरी यो सुविधा उपलब्ध गराउने कार्यमा बैंक प्रयासरत रहेको छ।

‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई प्रदान गर्न लागीएको यस सेवा डिजीटल भुक्तानीको क्षेत्रमा एक कोशेढुङ्गा हो’, कम्पनीले भनेको छ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : ५८ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने