माधव रक्सीले मातिँदै सडकमा हिँड्दै थियो, उ एउटा खुट्टा दायाँ र अर्को खुट्टा बायाँ गर्दै लडखडिँदै हिँड्दै थियो । त्यत्तिकैमा एउटा हवल्दारले देखेछ र माधवलाई एक डण्डा हिर्काउँदै भनेछ—
ओई, खुट्टा समेत ठेगानामा छैन, कत्ति पिएको छस् ।
माधव : धन्यवाद, मलाई सम्झाइदिनु भयो कि मैले पिएको छु भनेर, नत्र मैले त यो सम्झिँदै थिए कि अपाङ्गता भयो कि भनेर ।
साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’पुस्तकबाट
प्रतिक्रिया