कोभिडले अमेरिका–चीन सम्बन्ध कसरी अधोगतिमा लग्यो ? | Khabarhub Khabarhub

कोभिडले अमेरिका–चीन सम्बन्ध कसरी अधोगतिमा लग्यो ?


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भाग-२

बेइजिङले संकटको शुरुवाती चरणबाटै सूचना लुकाउने, मानिसलाई यस विषयमा बोल्न नदिने, झुटो तथ्यांक सार्वजनिक गर्ने र बाहिरी अनुसन्धान विफल पार्ने काम गर्‍यो । चिनियाँ सरकारको यस्तो कदम गैरजिम्मेवारपूर्ण र जानीबुझी चालिएको थियो । यसले संकटको शुरूवाती अवस्था भयावह बनाइदियो ।

चिनियाँ अधिकारीहरूले विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूलाई यस विषयमा ३१ डिसेम्बर २०१९ मा पहिलो जानकारी दिए । उनीहरूले वुहानमा एक प्रकारको अपरिचित निमोनिया फैलिएको जानकारी दिएका थिए । उनीहरूले ‘रोगको उपचार गर्न र फैलिनबाट रोक्न सकिने’ पनि बताएका थिए ।

सोही दिन चिनियाँ सामाजिक सञ्जालबाट ‘वुहानमा देखिएको अपरिचत प्रकारको निमोनियाका विषयमा प्रकाशित सामग्री हटाउने प्रक्रिया शुरू भयो । सञ्जालमा ‘सार्स भेरियन्ट’ र ‘वुहान सी फूड मार्केट’ जस्ता लेखिएका विषय छानी छानी हटाउन थालियो । सार्वजनिक रूपमा चिनियाँ अधिकारीहरू कोरोना भाइरसका विषयमा मौन थिए ।

त्यसको अर्को दिन वुहानका एक डाक्टर ली वेनलिआङलाई चीनको पब्लिक सेक्युरेटी ब्यूरोले पक्राउ ग¥यो । उनले विच्याटको आफ्नो एक समूहमा ‘सार्स’ जस्तै एक प्रकारको भाइरस चीनमा फैलिएकाले सर्तकता अपनाउन सन्देश पठाएका थिए । उनलाई माफी माग्न लगाउँदै सेक्युरिटी ब्यूरोले चेतावनीपत्रमा हस्ताक्षर गराएको थियो ।

बेइजिङले शुरूवातमा ‘सी फूड’ मार्केटबाट भाइरस फैलिएको हुन सक्ने बताएको थियो । पछिल्ला समय गरिएका अध्ययनले उक्त दाबीलाई न त पुष्टि गर्न सक्यो, न त अस्वीकार गर्न ।

वुहानका सरकारी अधिकारीहरूले १ जनवरी २०२० मा हुनान बजार बन्द गर्दै त्यहाँ तत्काल स्यानिटाइज गर्ने काम गरे । त्यस बखत उनीहरूले त्यहाँ रहेका जीवजन्तुको कुनै स्याम्पल राख्ने काम गरेनन् । त्यहाँ काम गर्ने कामदारको परीक्षण गर्ने काम पनि गरिएन । यसको मतलव त्यही बजारबाट भाइरस फैलिएको आशंकाबीच प्रमाण नष्ट गर्ने काम गरियो ।

मेडिकल जर्नल लेन्सेटमा फेबु्रअरीमा प्रकाशित चिनियाँ अनुसन्धानकर्ताको एक अध्ययनअनुसार भाइरस सर्वप्रथम डिसेम्बर १ मा नै पत्ता लागेको थियो । अध्ययनले भाइरसको हुनान बजारसँग कुनै सम्बन्ध नरहेको बताउँदै भाइरस वुहानबाट उत्पति भएको हुनसक्ने कुरा नकार्‍यो ।

बेइजिङले शुरूवातमा ‘सी फूड’ मार्केटबाट भाइरस फैलिएको हुन सक्ने बताएको थियो । पछिल्ला समय गरिएका अध्ययनले उक्त दाबीलाई न त पुष्टि गर्न सक्यो, न त अस्वीकार गर्न ।

चिनियाँ अधिकारीहरूले पछि वुहानस्थित संक्रमण रोग सम्बन्धी अध्ययन गर्ने ‘वुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्ल्यूआईभी)’ त्यहाँ जनवरी २ मा कोरोना भाइरसको अनुवंशिका पत्ता लागेको बताएका थिए । डब्ल्यूआईभी चमेराबाट फैलिन सक्ने कोरोना भाइरस सम्बन्धी अध्ययन गर्ने विश्वकै एक अग्रणी संस्था हो । उनीहरूले कोरोना भाइरस सार्सजस्तै हो भन्दै यो खतरनाक, उच्च संक्रमणयुक्त भएको र यसको कुनै भ्याक्सिन नभएको बताएका थिए ।

तर, चिनियाँ अधिकारीहरूले डब्ल्यूआईभीलाई भाइरसको स्याम्पल खतम गर्ने भन्दै आफ्नो अध्ययनलाई अमेरिकी अनुसन्धानकर्तामाझ साझा नगर्न भनेका थिए । तत्काल चिनियाँ सेनाका मेजर जर्नल चेन वेलाई डब्ल्यूआईभीको नेतृत्व समाल्न सरकारले खटायो । उनी एक वरिष्ठ संक्रामक रोग र महामारी विशेषज्ञ हुन् ।

भाइरसको अनुवंशिकताका विषयमा जुनसुकै प्रकारको जानकारी भाइरस नियन्त्रणका लागि सहायकसिद्ध हुन सक्ने थियो । त्यो पत्ता लागेको अवस्थामा भाइरस विरुद्ध लड्न आवश्यक पर्ने औषधिका विषयमा अनुसन्धान गर्न पनि सहज हुने थियो । चिनियाँ अधिकारीहरूले आफूले प्राप्त गरेको सूचना अरूलाई थाहा दिनुको सट्टा सूचना दबाउने काम गरे ।

यस्तै जनवरी ५ मा ‘साङ्घाई पब्लिक हेल्थ क्लिनिक सेन्टर’ ले चिनियाँ अधिकारीलाई आफूहरूले पनि नयाँ भाइरसको आनुवंशिकता पत्ता लगाएका जानकारी दियो । चिनियाँ सरकारले उक्त संस्थालाई पनि नयाँ जानकारी कसैसँग साझा नगर्न निर्देशन दियो । सरकारको निर्देशनपछि अलमलमा परेको उक्त संस्थाले आफूले पत्ता लागाएको भाइरसको आनुवंशिकता ६ दिनपछि सार्वजनिक ग¥यो । त्यसको अर्को दिन उक्त प्रयोगशाला बन्द गराइयो ।

विश्व स्वास्थ्य सङ्गठनले बेइजिङले दिने सूचना नै सदर गर्ने काम शुरूदेखि नै गर्दै आएको थियो । जनवरी १४ मा विश्व स्वास्थ्य सङ्गठनले आफ्नो सामाजिक सञ्जालमार्फत ‘चिनियाँ अधिकारीहरूको प्रारम्भिक अनुसन्धानले भाइरस मान्छेबाट मान्छेमा सर्ने स्पष्ट आधार नभएको’ बताएको थियो ।

लाखौँ चिनियाँ नागरिकहरू लुनार नयाँ वर्ष मनाउन विश्वका विभिन्न भागको यात्रामा निस्किएका थिए । यसमा वुहानका नागरिक पनि सामेल थिए, जसले गर्दा विश्वभर कोरोना भाइरस संक्रमणका लागि सहयोग पुग्यो ।

त्यही दिन प्रान्तीय सरकारका अधिकारीहरूसँगको आन्तरिक छलफलमा चिनियाँ स्वास्थ्यमन्त्री मा सियाओवेईले भाइरसलाई ‘२००३ को सार्स रोगपछिकै सबैभन्दा ठूलो चुनौती’ भनेका थिए । उनले थप भनेका थिए, ‘केही समूहमा गरिएको अध्ययनले यो मानिसबाट मानिसमा सर्ने सम्भावना रहेको देखिएको छ ।’ बेइजिङले यस्तो महत्वपूर्ण विषय सरकारभन्दा बाहिरका मानिसमाझ अर्को ६ दिनसम्म सार्वजनिक गरेन ।

यसैबीच लाखौँ चिनियाँ नागरिकहरू लुनार नयाँ वर्ष मनाउन विश्वका विभिन्न भागको यात्रामा निस्किएका थिए । यसमा वुहानका नागरिक पनि सामेल थिए, जसले गर्दा विश्वभर कोरोना भाइरस संक्रमणका लागि सहयोग पुग्यो ।

जब जनवरी २० मा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिलाई वुहान जाने अनुमति प्राप्त भयो त्यसपछि मात्रै यो भाइरस मानिसबाट मानिसमा सर्छ भन्ने कुरा पत्ता लाग्यो । यसका बाबजुद विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्व स्वास्थ्य संकटका रूपमा घोषणा गर्न अस्वीकार गर्‍यो ।

त्यसको दुई दिनपछि चिनियाँ सरकारले ११ मिलियन जनसंख्या रहेको वुहान शहरलाई पूर्ण लकडाउन गर्ने घोषणा ग¥यो । जनवरी ३० मा विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूले चिनियाँ सरकारको ‘प्रतिबद्धता र पारदर्शिता’ को मुक्तकण्ठले प्रशंसा गरे । यस्तै फेब्रुओरी ३ मा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख निर्देशक टेड्रोस अदनोम घेब्रेयियसले थप संक्रमण फैलिन नदिन बेइजिङले अख्तियार गरेको नीतिको प्रशंसा गरे ।

सार्स भाइसर रोकथाम अभियानका दौरान लिएको नीति जस्तै चिनियाँ अधिकारीहरूले विश्वलाई गलत दृश्य देखाउन धेरै प्रयत्न गरे । यद्यपि, संक्रमण फैलिन नदिन अपनाउनुपर्ने प्राथमिक आवश्यकतामा भने चीन चुकिसकेको थियो । चीनले भाइरस मानिसबाट मानिसमा सर्न सक्ने बताउँदै वुहान यात्रामा प्रतिबन्द लगाउन पर्ने थियो । आफूसँग प्राप्त सूचना विश्वका वैज्ञानिकमाझ साझा गरेर विदेशी सरकारसँग भाइरस नियन्त्रणका लागि सहकार्य गर्नबाट चीन चुकेको थियो ।

सार्स भाइरस रोकथाम गर्न चीनले लिएको नीतिका विषयमा अध्ययन गरेका व्यक्तिहरूलाई कोरोना भाइरस नियन्त्रणका लागि चीनले अख्तियार गरेको नीति नौलो थिएन । भन्ने नै हो भने यो अड्कल गर्न सकिने खालकै थियो । चिनियाँ कम्युनिस्ट पाटी (सीसीपी) को दिग्भ्रमित पार्ने काम, रक्षात्मकता र पारदर्शिताप्रतिको कम चिन्ता उनीहरूको चरित्रकै हिस्सा हो । तपहिलो पटक उनीहरूको कमजोरीका कारण लाखौँ मानिसको ज्यान गयो ।

(जोश रोगिन वासिङ्टन पोस्टमा विदेश नीति र राष्ट्रिय सुरक्षामा लेख्छन् । ४ मार्च २०२१ मा द वासिङ्टन पोस्टमा प्रकाशित यो लेख उनको पुस्तक ‘क्याओस् अन्डर हवेनः ट्रम्प, सी एन्ड द ब्याटल अफ ट्वान्टी फस्ट सेन्चुरी’ बाट साभार गरिएको हो । खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ८ : १४ बजे

एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट यू-१९ महिला टिमलाई १० लाख दिने

काठमाडौं-  विश्वकपमा छनौट भएको नेपाली यू-१९ महिला क्रिकेट टिमलाई नेपाल

प्याजका बिरुवा बेचेर डेढ लाख कमाउँदै रामपुरका किसान

रामपुर– रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर एक

सडक मिचिएको गौशाला चोकको भवनमा चल्यो डोजर (तस्बिरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल र स्थानीयबीच गौशालामा तनाव

दीपकराजको चेतावनी- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु

काठमाडौं- कलाकार, निर्देशक तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा गर्ने

दाङबाट नक्कली नोटसहित चार जना पक्राउ

दाङ– तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान