‘यास’ चक्रावतको असरले भारी वर्षाको सम्भावना, पर्वतारोहण नगर्न आह्वान « Khabarhub

‘यास’ चक्रावतको असरले भारी वर्षाको सम्भावना, पर्वतारोहण नगर्न आह्वान


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बंगालको खाडीमा बनेको ‘यास’ चक्रवातको प्रभाव नेपालमा पनि देखिएको छ ।

चक्रावतको प्रभावले नेपालमा मंगलबारदेखि नै मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।मौसम आएको बदलीले काठमाडौं उपत्यकामा मात्रै गत २४ घण्टामा ५.६ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको महाशाखाले जनाएको छ ।

आजदेखि शनिबारसम्म वर्षा/हिमपात अझ बढ्दै जाने महाशाखाले जनाएको छ । यस अवधिभर सतर्कता अपनाउन, पर्वतारोहणमा नजान मौसमविद्ले आह्वान गरेका छन् ।

पूर्वी नेपालबाट शुरू भएको चक्रावतको असर क्रमशः पश्चिमतर्फ सर्ने क्रम जारी छ । मौसमविद् प्रतीभा मानन्धरका अनुसार आजबाट हावाहुरीसहित ठूलो वर्षाको सम्भावना छ । आइतबादेखि मात्रै चक्रावतको असर कम हुने उनले जानकारी दिइन् ।

भारतमा आज यास चक्रवात बज्रिने अनुमानपछि बंगाल र ओडिसाका लाखौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ९ : ५१ बजे

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक

एक वर्षमा २२ गैँडा मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा

नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग

काठमाडौं– नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले शैक्षिक परामर्श, भाषा