सञ्जयको फिल्ममा रणवीर, आलिया र दीपिका « Khabarhub

सञ्जयको फिल्ममा रणवीर, आलिया र दीपिका


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–एक समय थियो, जब रणवीर कपूर अभिनेत्री दीपिका पादुकोणको प्रेममा पागल थिए । तर दुईबीचमा दुरी आएपछि यो जोडी सदाका लागि अलग्गियो ।

हाल दीपिका विवाह गरेर घर बसाइसकेकी छन् । रणवीर भने अभिनेत्री आलिया भट्टसँग डेटमा रमाइरहेका छन् । रणवीर, आलिया र दीपिकाको यो त्रिकोणको बारेमा बलिउडमा चर्चा भइरहन्छ ।

एबीपी लाइभका अनुसार यी तीन कलाकारको लोकप्रियतालाई नजिकबाट नियालिरहेका निर्देशक सञ्जय लीला भन्सालीले उनीहरुलाई एकसाथ पर्दामा ल्याउने योजना बनाइरहेका छन् ।

उनले बनाउने फिल्म ‘बैजू बावरा’मा दीपिकाले डाकु रुपमती’को भूमिका निभाउने चर्चा भइरहँदा सञ्जयले रणवीर र आलियालाई पनि यो फिल्ममा ल्याउन चाहेका छन् ।

फिल्ममा आलियालाई दोस्रो प्रमुख भूमिकामा अफर गरिएको छ । फिल्ममा पुरुष प्रमुख भूमिकामा रणवीर कपूर हुनेछन् । यद्यपि यी तीन कलाकारले अहिलेसम्म फिल्मका लागि सहमति जनाइसकेका छैनन् ।

रणवीरले दीपिकासँग कैयौंपटक स्क्रिन शेयर गरिसकेका छन् । उनीहरुको जोडीलाई दर्शकले पनि उत्तिकै रुचाएका छन् । आलिया र रणवीर फिल्म ‘ब्रह्मास्त्र’मा पहिलोपटक सँगै देखिँदैछन् ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ११ : ३५ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६