कोरोना संक्रमणको दोस्रो लहरबाट विदेशमा ४१ नेपालीको मृत्यु « Khabarhub

कोरोना संक्रमणको दोस्रो लहरबाट विदेशमा ४१ नेपालीको मृत्यु


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना संक्रमणको दोस्रो लहरका कारण गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कतारमा ८, भारतमा २९, फ्रान्समा १, माल्दिम्समा १, बेल्जियममा १ तथा पोर्चुगलमा १ जना नेपालीको संक्रमणका कारणले ज्यान गएको जनाएको छ ।

अहिलेसम्म भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४ सय २३ नेपालीको कोभिड १९ का कारणले मृत्यु भएको संघले जनाएको छ ।

संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार हाल सम्म विदेशमा ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९९ हजार २ सय ५७ जना नेपालीले कोरोना जितेका छन् ।

यसैगरी, संघले (एनआरएनए) आफ्नो विश्वव्यापी सञ्जाल मार्फत “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान सञ्चालन गरी आर्थिक तथा स्वास्थ्य सामग्री नेपाल पठाउने क्रम जारी छ ।

यही अभियानमार्फत ओमानबाट ५६० अक्सिजन सिलिण्डर  र ती सिलिण्डरको लागि चाहिने ५६० रेगुलेटर चीनबाट ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गरि सकिएको छ ।

यस्तै चीनबाट ५०० अक्सिजन कन्सन्ट्रेटरको अर्डर गरिएको छ र सकेसम्म छिटो नेपाल पुर्‍याउन पहल भइरहेको जनाएको छ ।

हवाई उडान सहजीकरणको लागि आग्रह

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको संघका राष्ट्रिय समिति, पदाधिकारीहरु, केन्द्रीय पार्षदहरुको संयुक्त बैठकले नेपाल सरकारले स्वास्थ्य सुरक्षाका लागि भन्दै जारी गरेको अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ ।

जसका कारण विभिन्न मध्यपूर्वी मुलुकमा कार्यरत नेपाली श्रमिक, विभिन्न अत्यावश्यक कामकाजका लागि नेपाल आउन आवश्यक भएका र विभिन्न कामका शिलशिलामा नेपालमा गएर कर्मभूमि फर्कन नपाएका गैरआवासीय नेपालीहरु समस्यामा परेका छन् ।

संघ लेनेपाल सरकार समक्ष अन्तर्राष्ट्रिय उडानलाई स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाउने शर्तमा तत्काल खुला गर्न आग्रह गरिएको संघका प्रवक्ता डिबी क्षेत्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विदेशबाट नेपाल फर्कदा सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरुबाट अनुमति लिनुपर्ने लगायतका विषयमा विद्यमान झन्झटिला प्रावधानलाई हटाई यात्रा सहजीकरण गरिदिन समेत यो संघ सरकारसँग अनुरोध गरेको छ ।

यसका साथै, यात्रा सम्बन्धी सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्ड, नेपालमा पूरा गर्नुपर्ने क्वारेन्टिनको अवधि लगायतका अन्य प्रोटोकल कडाईका साथ पालना गर्न समेत संघ सम्पूर्ण  गैरआवासीय नेपालीलाई आग्रह गरिएको प्रवक्ता क्षेत्रीले बताए ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  १२ : ५५ बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु