नक्कली सेनिटाइजर बेचेको आरोपमा स्याङ्जामा एकजना पक्राउ « Khabarhub

नक्कली सेनिटाइजर बेचेको आरोपमा स्याङ्जामा एकजना पक्राउ


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जामा नक्कली सेनिटाइजर बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा पुतलीबजार–१ का ४७ वर्षीय देवेन्द्र पौडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख होबिन्द्र बोगटीका अनुसार नक्कली सेनिटाइजर बेच्दै गरेको अवस्थामा पौडेललाई पक्राउ गरिएको हो ।

पौडेलले जिल्ला सदरमुकाममा मित्र काफ्लेको घरमा कोठा भाडामा लिई नक्कली सेनिटाइजर कारोबार गर्दै आएको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पौडेलको कोठाबाट डिटर्जेन्ट एण्ड कस्मेटिक उद्योगको लेबल लगाइएको ह्यान्ड​ सेनिटाइजर ९० लिटर र ग्लोबल हेल्थ केयर भारत लेखिएको लेबल लगाइएको ह्यान्ड सेनिटाइजर ९० लिटर बरामद गरिएको एसपी बोगटीले बताए ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ४ : ०५ बजे

ट्रम्प–मदुरो संवाद, काराकासको आपत्ति

एजेन्सी– संयुक्त राज्य अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति

‘नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना’

काठमाडौं– नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना रहेको बताइएको

स्वास्थ्मन्त्री र श्रीलङ्काका राजदूत डेल्पिटियाबीच भेटवार्ता, आपसी सहयोगबारे छलफल 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

यस्तो छ कांग्रेसको पन्ध्रौँ महाधिवेशन कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म

नेपालमा सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइने 

काठमाडौं– सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइने भएको छ