अछाममा अक्सिजन खरीद गर्न मन्त्री आलेद्वारा एक लाख सहयोग « Khabarhub

अछाममा अक्सिजन खरीद गर्न मन्त्री आलेद्वारा एक लाख सहयोग


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछाममा अक्सिजन खरीद गर्नका लागि  एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि उनले अस्पताललाई आफ्नातर्फबाट रु एक लाख उपलब्ध गराएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । अछाममा अक्सिजन अभाव भएका कारण त्यहाँका नागरिकले अक्सिजन किन्नका लागि अभियानसमेत सञ्चालन गरेका थिए ।

अक्सिजन नभएकै कारण जिल्लामा कैयौँ कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाएका थिए । अक्सिजन खरीद गर्न रकम प्रदान गरेपछि यहाँका कोरोना सङ्क्रमितको उपचारमा निकै राहत पुग्ने जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डा अतुल भारद्वाजले बताए ।

उनले भने , “अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा निकै समस्या भएको थियो, मन्त्रीज्यूले अक्सिजन किन्न व्यक्तिगतरुपमा रकम उपलब्ध गराएपछि अब सहज हुने छ ।”

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ४ : १७ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको