चक्रवातको असर नेपालमा, शनिबारसम्म हावाहुरीसहित वर्षाको सम्भावना « Khabarhub

चक्रवातको असर नेपालमा, शनिबारसम्म हावाहुरीसहित वर्षाको सम्भावना


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको भूभागमा केही दिन हावाहुरी, भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यासको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको हो ।

बुधबार बाग्मती र प्रदेश १ का केही स्थानलगायत उच्च हिमाली र पहाडी भागमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । वर्षा सँगसँगै उच्च भेगमा हावाहुरी पनि हुन सक्ने विभागले जनाएको छ । साथै प्रदेश १, २ बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशलगायत तराइको भुभागमा हावाहुरी र अति भारी वर्षा हुनेछ ।

हालको हावाहरी आउने स्थितिलाई हेर्दै कोरोनाको कहरमा आइसोलेन सेन्टरहरुलाई पनि व्यवस्थापन गर्न र थप सतर्कता अप्नाउन मौसम विभागले अनुरोध गरेको छ । सँगसँगै माथिल्लो हिमाली भेगमा पर्वतारोहीले विशेष सतर्कता अप्नाउन पनि विभागले आग्रह गरेको छ । उक्त विभागले सकेसम्म हिमाल आरोहन नगर्दा राम्रो हुने सुझाएको छ ।

यसको असर शनिबारसम्म मात्रै प्रकाशित गरेता पनि केही दिन अझै लम्बिन सक्ने अनुमान गरिएको छ । हाल गरिएको मौसम पूर्वानुमानमा केही परिर्वतन पनि हुन सक्ने वरिष्ठ मौसमविद विभुति पोखरेलले बताउनु भएको छ । चक्रवातले असर गर्ने अहिलेसम्मको बाटो भनेको चाँही तराइका जिल्लाहरुमा भारी वर्षा हुने सम्भावना देखिएकाले अकस्मात बाढी आउन सक्ने सम्भावना रहेको छ ।

विशेषगरी शुक्रबार र शनिबार अकस्मात बाढी आउन सक्ने सम्भावना छ । सबैजनालाई आवश्यक सतर्कता अपनाउन हुन मौसम विभागले अनुरोध गरेको छ।

बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यासको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ४ : २२ बजे

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४

वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब नाघ्यो

काठमाडौं– भन्सार विभागले चालू आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना

इबोला प्रकोपबीच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो

किन्शासा- इबोलाको प्रकोप तीव्र रूपमा फैलिरहेका बेला डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो

मधेस सरकारद्वारा प्रदेश नीति तथा योजना आयोगको ओएण्डएम सर्वेक्षण स्वीकृत

जनकपुरधाम- मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको संगठन तथा