पुत्रशोक बिर्सन संक्रमितको सेवामा अनुराधा « Khabarhub

पुत्रशोक बिर्सन संक्रमितको सेवामा अनुराधा


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडकी पार्श्व गायिका अनुराधा पौडवाल कोरोना कालमा संक्रमितलाई गरेको सहयोगका कारण चर्चामा छिन् । उनी आफ्नो अधिकांश समय च्यारिटीमा बिताइरहेकी छन् । उनी कोरोना संक्रमितको उपचारका लागि अक्सिजन र भेन्टिलेटर उपलब्ध गराइरहेकी छन् ।

दैनिक भास्करका अनुसार अनुराधाले यो काम छोरा आदित्यको मृत्युपछि सुरु गरेकी हुन् । आदित्यको गत वर्ष मृगौलाको खराबीका कारण ३५ वर्षको उमेरमा निधन भएको थियो । अहिले छोराको नामबाट उनले च्यारिटी सुरु गरेर सर्वसाधारणको सहयोगमा व्यस्त छिन् ।

‘मैले यूपीको दुई शहरमा अस्पतालमा अक्सिजन कन्स्ट्रेटर र भेन्टिलेर पुर्‍याएकी छु । मानिसहरु मरिरहेका छन् । यो कुरा अखबारमा पढ्दा पीडा हुन्छ । त्यहीकारण बढी भन्दा बढी सहयोग गरिरहेकी छु । मेरो सूर्योदय नामको फाउण्डेसन छ, जसका माध्यमबाट हामी १० स्कुलहरु र गाउँमा वाटर कन्जरभेसनमा लगातार काम गरिरहेका छौं’, उनले भनेकी छन् ।

आमाको जस्तै आदित्य पनि भजन गायक थिए । उनी आफैं संगीत कम्पोज गर्थे । फेसबुकमा उनले आफ्नो स्वरका कैयौं रेकर्ड गरिएका भजन शेयर गरेका थिए ।

आदित्यको नाम भारतको सबैभन्दा कम उमेरका संगीतकारको रुपमा लिम्का बुक अफ रेकर्डमा दर्ता छ ।

पद्मश्री र नेशनल अवार्डबाट सम्मानित अनुराधाले करिब चार दशकसम्म बलिउडमा गीत र भजन गाए । उनको विवाह अरुण पौडवालसँग भएको थियो ।

अरुण संगीतकार एसडी बर्मनको सहायक थिए । सन् ९० को दशकमा अनुराधा आफ्नो करियरको शिखरमा थिइन् । त्यही समय उनको पति अरुणको एक दुर्घटनामा निधन भएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ५ : २० बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६