ललितपुर महानगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण « Khabarhub

ललितपुर महानगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– पूर्वसांसद् भिक्षु आनन्दले ललितपुर महानगरपालिका– १६ वडा कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

वडा कार्यालयमा एक कार्यक्रमकाबीच कोरोना संक्रमणबाट बच्न उपयोगी हुने सामग्री प्रदान गरिएको हो ।त्यसमा अक्सिमिटर, बाफ लिने मेशिन र ज्वरो नाप्ने मेशिन १२-१२ थान रहेका छन् । पूर्व सांसद् भिक्षु आनन्दले सो सामग्री महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, वडाअध्यक्ष निर्मलरत्न शाक्य र स्वास्थ्य स्वयं सेवकलाई हस्तान्तरण गरे ।

सो अवसरमा पूर्व सांसद् भिक्षुले बहुजन हिताय, बहुजन सुखायको मर्म अनुरुप आफूले यथासक्य स्वास्थ्य सामग्री प्रदान गरिएको बताए । ती स्वास्थ्य सामग्रीको प्रयोगले कोरोना संक्रमणबाट जोगिन केही न केही सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।

ललितपुर महानगरपालिकाका मयेर महर्जनले बुद्ध जयन्तीको अवसर पारेर भिक्षुबाट भएको सहयोगको सराहना गरे । उनले कोरोना संक्रमितहरु बस्न महानगरपालिकाले विभिन्न संस्थाको सहयोगमा सञ्चालनमा ल्याइएको आइसोलेसन सेवा र सुविधाबारे केन्द्रित गरी आफ्नो भनाइ राखे ।

सो अवसरमा १६ वडाका वडाअध्यक्ष शाक्यले निषेधाज्ञा लम्बिँदै गएसँगै मानिसहरुलाई भोकले पनि सताउन थालेको उल्लेख गर्दै महानगरपालिकाबाट अविलम्ब राहतको प्याकेज ल्याउन माग गरे ।

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ३ : ३९ बजे

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा