आप्रवासीबारे समान धारणा तय गर्न युरोपेली देशलाई राष्ट्रसंघ महासचिव गुटरेसको आग्रह « Khabarhub

आप्रवासीबारे समान धारणा तय गर्न युरोपेली देशलाई राष्ट्रसंघ महासचिव गुटरेसको आग्रह


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आप्रवासीका बारेमा समान धारणा निर्माण गरेर अघि बढ्न युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् ।

राष्ट्रसंघका महासचिव गुटर्रेसले युरोपेली संसदको एक अधिवेशनलाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् ।

उनले आप्रवासीका समस्याहरुका बारेमा पनि युरोपेली देशका प्राय सबै सदस्य राष्ट्रहरुले समाधान धारणा बनाउन र ती समस्याको समाधानका लागि संयुक्त रुपमा लाग्न सो आग्रह गरेका हुन् ।

सम्बोधनका क्रममा उनले भनेका छन्- मलाई लाग्दछ कि आगामी दिनमा युरोपका राष्ट्रहरुले आप्रवासीका विषयमा आवश्यक पर्ने नीति निर्माण गर्न र यहाँका यस क्षेत्रका समस्या समाधान गर्नका लागि पनि एकताबद्ध भएर लाग्नुपर्दछ ।

आप्रवासीहरुका विषयमा धेरै समस्या रहेकाले ती समस्याहरुलाई कुनै एउटा मात्र देशले समाधान गर्न नसक्ने भएकाले आवश्यक नीति निर्माण गरेर अघि बढ्न उनले आग्रह गरेका हुन् ।

आफूले पोर्चुगलको प्रधानमन्त्री एवं संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको रुपमा गरेको कामको अनुभवबाट यो सुझाव पेश गरेको महासचिव गुटर्रेसले त्यस अवसरमा भनेका थिए ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ८ : ४० बजे

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा