इरफानको पथमा छोरा बाबिल « Khabarhub

इरफानको पथमा छोरा बाबिल


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– अभिनेता इरफान खान भारतीय फिल्मको एक दिग्गज कलाकार मानिन्छन् । उनले बलिउडमा कैयौं सम्झनलायक फिल्म दिएका छन् । ‘मकबूल’, ‘हैदर’, ‘हिन्दी मिडियम’ जस्ता कैयौं सुपरहिट फिल्म इरफानका सम्झनलायक फिल्म हुन् ।

यी अभिनेताको क्यान्सर रोगका कारण ५३ वर्षको उमेरमा गत वर्ष निधन भयो । अहिले यिनै अभिनेताका छोरा बाबिलले बलिउडमा पाइला चालेका छन् । उनले अनुष्का शर्माको प्रोडक्सनमा बनेको फिल्म ‘काला’बाट बलिउड यात्रा सुरु गरेपछि उनको अभिनयको तारिफ गरिएको थियो । बाबिल यतिबेला दोस्रो फिल्ममा काम गरिरहेका छन् ।

इरफानसँग काम गरिसकेका सुजित सरकारले अब इरफानका छोरा बाबिललाई आफ्नो फिल्ममा अभिनेताका रुपमा कास्ट गरेका छन् । निर्माता रानी लहरीले सामाजिक सञ्जालमा विभिन्न तस्वीर पोस्ट गरेकी छन् ।

तस्वीरमा रानी, बाबिल र निर्देशक सुजितलाई देख्न सकिन्छ । यो तस्वीर सार्वजनिक गर्दै उनले फिल्मको घोषणा गरिन् । पोस्टमा इरफानलाई सम्झँदै ‘तपाईंको विरासतलाई अगाडि लिएर आउनु सम्मानको कुरा हो’ लेखेकी छन् ।

बाबिलले पोस्टलाई शेयर गर्दै धन्यवाद व्यक्त गरेका छन् । ‘तपाईंहरुजस्तो दिग्गजका साथ काम गर्न पाउदा म आफूलाई सम्मानित महशुस गरिरहेको छु’, बाबिलले लेखेका छन् ।

इरफानले निर्देशक सुजितसँग फिल्म ‘पीकू’मा काम गरेका थिए । यो फिल्ममा दीपिका पादुकोण, अमिताभ बच्चनको पनि अभिनय थियो ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  २ : ५४ बजे

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम