प्रचण्डले भने : हु इज केपी ओली ? राष्ट्रपतिबारे अदालतले केही गर्न पाउँदैन भन्न मिल्छ ! « Khabarhub

प्रचण्डले भने : हु इज केपी ओली ? राष्ट्रपतिबारे अदालतले केही गर्न पाउँदैन भन्न मिल्छ !


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले राष्ट्रपतिभन्दा राजा ठीक भएको नभनेको दाबी गरेका छन् ।

शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकारसँगको अन्तरक्रियामा प्रचण्डले राष्ट्रपतिको कार्यशैली राजाको भन्दा बढी भएको तर राजा ठीक नभनेको बताएका हुन् । उनले भने, ‘राजा राम्रो भनेको होइन । व्यङ्ग्य गरेको हो । शाही शासन हुँदा पनि शाही आयोग खारेज गरिदिएको होइन ! हु इज केपी ओली ? राष्ट्रपतिका बारेमा अदालतले केही गर्न पाउँदैन भन्न मिल्छ ? राजाभन्दा बढी हुन खोज्ने भनेर भनेको हो ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव आफूहरुले गरेको बताए । प्रधानमन्त्री बन्ने हतारो कसैलाई नभएको भन्दै उनले भने, ‘हामीले नै तपाई उभिनुपर्‍यो भनेर भनेका हौँ । प्रधानमन्त्रीको हतारो कसैलाई पनि थिएन । हामी प्रधानमन्त्रीका लागि अहिले अघि बढेका हैनौँ ।’

अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापना हुने र कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने विश्वास व्यक्त गरे । उनले भने, ‘संसद पुनर्स्थापना हुनैपर्छ, प्रधानमन्त्री शेरबहादुरजी हुनैपर्छ । ओलीले अहिले अदालतलाई थर्काउन थालेका छन् । सर्वोच्चले संविधानअनुसार फैसला गर्छ । हेर्नुहोला शहेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ।’

संविधानको धारा ७६ को ५ अनुसार निर्दलीय व्यवस्था नभएको बरु राजनीतिक दलको सांसदले बहुमत जुटाउन सके सरकार बनाउनसक्ने व्यवस्था रहेको तर्क गरे । उनले भने, ‘७६ को ५ अनुसार संसदभन्दा बाहिरको ल्याएर हुन्न है भनेको हो । राजनीतिक दलको सदस्य र संसद हुनैपर्‍यो भनेको हो । सांसदको विषेशाधिकारका रूपमा राखेको हो । सबै सांसद मिलेर बहुमत देखाउन सक्छन् भने ह्विप लाग्दैन भनेको हो ।’

लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको दाबी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने, ‘कोसँग घुँडा टेक्नुभएको छ । उहाँको के हो मोर्चा ? कुन कुन राजवादी छन्, कुन कुन के के वाद छन् । कहाँकहाँबाट चल्ने मान्छे ल्याएर बडो..’

अदालतले अहिलेपनि संविधानअनुसारै निर्णय गर्छ भन्ने विश्वास रहेको उनले बताए । गण्डकी प्रदेश सरकार निर्माण र दीपक मनाङेलाई मन्त्री बनाएको विषयलाई धेरै उछालेको उनको दाबी छ ।

अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धनलाई सरकार बनिञ्जेल नभएर लामो समयसम्म जाने दाबी गरेका छन् ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ५ : ३० बजे

दसैँको रौनकमा झुमाउँदै ‘परिवार’को ‘रातो टीका’

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ले पनि दर्शकलाई चाडपर्वको

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार