प्रचण्डले भने : हु इज केपी ओली ? राष्ट्रपतिबारे अदालतले केही गर्न पाउँदैन भन्न मिल्छ ! | Khabarhub Khabarhub

प्रचण्डले भने : हु इज केपी ओली ? राष्ट्रपतिबारे अदालतले केही गर्न पाउँदैन भन्न मिल्छ !


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले राष्ट्रपतिभन्दा राजा ठीक भएको नभनेको दाबी गरेका छन् ।

शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकारसँगको अन्तरक्रियामा प्रचण्डले राष्ट्रपतिको कार्यशैली राजाको भन्दा बढी भएको तर राजा ठीक नभनेको बताएका हुन् । उनले भने, ‘राजा राम्रो भनेको होइन । व्यङ्ग्य गरेको हो । शाही शासन हुँदा पनि शाही आयोग खारेज गरिदिएको होइन ! हु इज केपी ओली ? राष्ट्रपतिका बारेमा अदालतले केही गर्न पाउँदैन भन्न मिल्छ ? राजाभन्दा बढी हुन खोज्ने भनेर भनेको हो ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव आफूहरुले गरेको बताए । प्रधानमन्त्री बन्ने हतारो कसैलाई नभएको भन्दै उनले भने, ‘हामीले नै तपाई उभिनुपर्‍यो भनेर भनेका हौँ । प्रधानमन्त्रीको हतारो कसैलाई पनि थिएन । हामी प्रधानमन्त्रीका लागि अहिले अघि बढेका हैनौँ ।’

अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापना हुने र कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने विश्वास व्यक्त गरे । उनले भने, ‘संसद पुनर्स्थापना हुनैपर्छ, प्रधानमन्त्री शेरबहादुरजी हुनैपर्छ । ओलीले अहिले अदालतलाई थर्काउन थालेका छन् । सर्वोच्चले संविधानअनुसार फैसला गर्छ । हेर्नुहोला शहेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ।’

संविधानको धारा ७६ को ५ अनुसार निर्दलीय व्यवस्था नभएको बरु राजनीतिक दलको सांसदले बहुमत जुटाउन सके सरकार बनाउनसक्ने व्यवस्था रहेको तर्क गरे । उनले भने, ‘७६ को ५ अनुसार संसदभन्दा बाहिरको ल्याएर हुन्न है भनेको हो । राजनीतिक दलको सदस्य र संसद हुनैपर्‍यो भनेको हो । सांसदको विषेशाधिकारका रूपमा राखेको हो । सबै सांसद मिलेर बहुमत देखाउन सक्छन् भने ह्विप लाग्दैन भनेको हो ।’

लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको दाबी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने, ‘कोसँग घुँडा टेक्नुभएको छ । उहाँको के हो मोर्चा ? कुन कुन राजवादी छन्, कुन कुन के के वाद छन् । कहाँकहाँबाट चल्ने मान्छे ल्याएर बडो..’

अदालतले अहिलेपनि संविधानअनुसारै निर्णय गर्छ भन्ने विश्वास रहेको उनले बताए । गण्डकी प्रदेश सरकार निर्माण र दीपक मनाङेलाई मन्त्री बनाएको विषयलाई धेरै उछालेको उनको दाबी छ ।

अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धनलाई सरकार बनिञ्जेल नभएर लामो समयसम्म जाने दाबी गरेका छन् ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ५ : ३० बजे

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१

पेन्टागनद्वारा मिडियामाथि नयाँ ‘प्रतिबन्ध’को घोषणा

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर