ओली प्रतिगमनका मतियार साबित भएको उपेन्द्र यादवको आरोप « Khabarhub

ओली प्रतिगमनका मतियार साबित भएको उपेन्द्र यादवको आरोप


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै त्यसको सशक्त प्रतिकार आवश्यक रहेको बताएका छन् ।

शनिबार राजविराजमा गजेन्द्रनारायण सिंह अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले संविधान मिच्ने काम गर्दै आएको, जनताका प्रतिनिधिको सर्वोच्च संस्था संसदलाई २ पटक भंग गरेका कारण उनी प्रतिगमनका मतियार साबित भएको बताए ।

उनले ओलीको अधिनायकवाद प्रवृतिलाई प्रतिकार गर्न पाँच दलीय गठबन्धन बनेको धारणा राखे । संघीयता, गणतन्त्र र समाबेशितालाई समाप्त गरी देशलाई २०४७ तिर धकेल्ने काम भइरहेको उनको भनाइ छ ।

यादवले संसद भंग गरी अध्यादेशका भरमा शासन गर्न उद्यत रहेबाट ओली प्रतिगमनको मतियार रहेको भन्ने प्रमाणित भएको आरोप लगाए ।

कार्यक्रममा नौ थान अक्सिजन कन्सन्ट्रेटर, सत्तरी काटुर्न एन नाईन्टिन मास्क लगायतका सामग्री अस्पताललाई हस्तान्तरण गरिएको अस्पतलाका निमित्त मेडिकल सुपरिटेण्डेण्ट रञ्जितकुमार झाले जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ६ : ५८ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस