‘हरिसिद्धि नाच’ चलाउन २५ लाख सहयोग | Khabarhub Khabarhub

‘हरिसिद्धि नाच’ चलाउन २५ लाख सहयोग


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर महानगरपालिकाले वडा नं १८ स्थित हरिसिद्धि भवानीदेवी नाच संरक्षणका लागि रु २५ लाख सहयोग गरेको छ ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज हरिसिद्धि त्रिशक्ति भवानी सेवा समितिका अध्यक्ष धनबहादुर महर्जनलाई रु २५ लाख मूल्य बराबरको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा महर्जनले जात्रा, पर्व, नाच, मठमन्दिर आदि कला संस्कृतिको संरक्षण गर्न निकै जरुरी रहेकाले अक्षय कोष खडा गर्न सहयोग गरेको बताए । उनले भने, “सभ्य समाज निर्माणका लागि यस्ता वस्तुलाई जोगाइ राख्न अतिनै जरुरी रहेको हुँदा रकम सहयोग गरेका हौँ ।” यसैगरी शुक्रबार वडा नं २१ खोकनाको सिकाली नाच संरक्षण गर्न अक्षयकोष स्थापनाका लागि पनि रु २५ लाख नै सहयोग गरेको महर्जनले जानकारी गराए ।

अध्यक्ष महर्जनले अहिलेको समयमा परम्परा धान्न निकै गाह्रो हुँदै जाँदा कोषको रकमले आउँदा दिनका सजिलै अघि बढ्न सक्ने भनाइ राखे । महानगरपालिकाले पाटन दरबार परिसरमा हरेक वर्ष मनाइने कार्तिक नाचको अक्षय कोष स्थापना गर्न बितेको करिब ६ महिना अघि अर्थात् पौष २६ गते रु ५० लाख संरक्षण समितिका अध्यक्षलाई सहयोग गरे ।

नेपाल महात्मामा उल्लेख भएअनुसार हरिसिद्धि भवानी सत्य युगमा नै प्रकट भएकी हुन् । महात्माको २६औँ अध्यायमा स्वस्थानीका पात्र अगस्त्य मुनिले पाटनको कुम्भेश्वरको पूजा गरी हरिसिद्धि भवानीको दर्शन गरी दक्षिण दिशामा गएको विषय उल्लेख छ । नेपाल भाषामा लेखिएअनुसार यो नाट्य कृति ९४१ अघीनै शुरु भएको हो । नेवारी संस्कृतिअनुसार भवानी जात्रामा तान्त्रिक विधिको प्रयोग गरी नृत्यमञ्चन वा जात्रा गर्ने गरिन्छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ७ : ४५ बजे

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका