‘हरिसिद्धि नाच’ चलाउन २५ लाख सहयोग « Khabarhub

‘हरिसिद्धि नाच’ चलाउन २५ लाख सहयोग


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर महानगरपालिकाले वडा नं १८ स्थित हरिसिद्धि भवानीदेवी नाच संरक्षणका लागि रु २५ लाख सहयोग गरेको छ ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज हरिसिद्धि त्रिशक्ति भवानी सेवा समितिका अध्यक्ष धनबहादुर महर्जनलाई रु २५ लाख मूल्य बराबरको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा महर्जनले जात्रा, पर्व, नाच, मठमन्दिर आदि कला संस्कृतिको संरक्षण गर्न निकै जरुरी रहेकाले अक्षय कोष खडा गर्न सहयोग गरेको बताए । उनले भने, “सभ्य समाज निर्माणका लागि यस्ता वस्तुलाई जोगाइ राख्न अतिनै जरुरी रहेको हुँदा रकम सहयोग गरेका हौँ ।” यसैगरी शुक्रबार वडा नं २१ खोकनाको सिकाली नाच संरक्षण गर्न अक्षयकोष स्थापनाका लागि पनि रु २५ लाख नै सहयोग गरेको महर्जनले जानकारी गराए ।

अध्यक्ष महर्जनले अहिलेको समयमा परम्परा धान्न निकै गाह्रो हुँदै जाँदा कोषको रकमले आउँदा दिनका सजिलै अघि बढ्न सक्ने भनाइ राखे । महानगरपालिकाले पाटन दरबार परिसरमा हरेक वर्ष मनाइने कार्तिक नाचको अक्षय कोष स्थापना गर्न बितेको करिब ६ महिना अघि अर्थात् पौष २६ गते रु ५० लाख संरक्षण समितिका अध्यक्षलाई सहयोग गरे ।

नेपाल महात्मामा उल्लेख भएअनुसार हरिसिद्धि भवानी सत्य युगमा नै प्रकट भएकी हुन् । महात्माको २६औँ अध्यायमा स्वस्थानीका पात्र अगस्त्य मुनिले पाटनको कुम्भेश्वरको पूजा गरी हरिसिद्धि भवानीको दर्शन गरी दक्षिण दिशामा गएको विषय उल्लेख छ । नेपाल भाषामा लेखिएअनुसार यो नाट्य कृति ९४१ अघीनै शुरु भएको हो । नेवारी संस्कृतिअनुसार भवानी जात्रामा तान्त्रिक विधिको प्रयोग गरी नृत्यमञ्चन वा जात्रा गर्ने गरिन्छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ७ : ४५ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज