डोजरले किचेर वडाध्यक्षको हत्या, चालकसहित दुई पक्राउ « Khabarhub

डोजरले किचेर वडाध्यक्षको हत्या, चालकसहित दुई पक्राउ


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका वडाध्यक्षको हत्या भएको छ । शुक्रवार राति पोखरीको निरीक्षणमा पुगेको बेला जेसीबी (डोजर) ले किचेर वडाध्यक्ष श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले दिएको जानकारी अनुसार शुक्रवार साँझ वडाध्यक्ष लगायत पोखरीको सौन्दर्यीकरणको निरीक्षणमा निस्किएका थिए । उनीहरूले नजिकैको होटेलमा सँगै खाजा खाएका थिए । खाजा खाएर राति फर्किने समयमा जेसीबी चालक हर्क तामाङ र वडाध्यक्ष श्रेष्ठबीच विवाद शुरू भयो ।

विवादकै क्रममा जेसीबी चालक तामाङले जेसीबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसीबीको बकेटले ठक्कर दिएर लडाए र माटोले पुरिदिए । घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलङ्गवा पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेको उनले बताए । प्रारम्भिक अनुसन्धानमा घटनाबारे पूर्व योजना नभई आवेशमा आएर घटना गराएको देखिएको उनले बताए ।

घटनामा संलग्न भएको आरोपमा जेसीबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसीबी चालक तामाङलाई शनिवार बिहान पौने ६ बजेतिर लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ८ : ५० बजे

दसैँको रौनकमा झुमाउँदै ‘परिवार’को ‘रातो टीका’

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ले पनि दर्शकलाई चाडपर्वको

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार