डोजरले किचेर वडाध्यक्षको हत्या, चालकसहित दुई पक्राउ | Khabarhub Khabarhub

डोजरले किचेर वडाध्यक्षको हत्या, चालकसहित दुई पक्राउ


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका वडाध्यक्षको हत्या भएको छ । शुक्रवार राति पोखरीको निरीक्षणमा पुगेको बेला जेसीबी (डोजर) ले किचेर वडाध्यक्ष श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले दिएको जानकारी अनुसार शुक्रवार साँझ वडाध्यक्ष लगायत पोखरीको सौन्दर्यीकरणको निरीक्षणमा निस्किएका थिए । उनीहरूले नजिकैको होटेलमा सँगै खाजा खाएका थिए । खाजा खाएर राति फर्किने समयमा जेसीबी चालक हर्क तामाङ र वडाध्यक्ष श्रेष्ठबीच विवाद शुरू भयो ।

विवादकै क्रममा जेसीबी चालक तामाङले जेसीबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसीबीको बकेटले ठक्कर दिएर लडाए र माटोले पुरिदिए । घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलङ्गवा पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेको उनले बताए । प्रारम्भिक अनुसन्धानमा घटनाबारे पूर्व योजना नभई आवेशमा आएर घटना गराएको देखिएको उनले बताए ।

घटनामा संलग्न भएको आरोपमा जेसीबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसीबी चालक तामाङलाई शनिवार बिहान पौने ६ बजेतिर लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ८ : ५० बजे

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१

पेन्टागनद्वारा मिडियामाथि नयाँ ‘प्रतिबन्ध’को घोषणा

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर