एकदमै स्वस्थ खाना ‘कोदाको खोले डल्ला’ बनाउने सजिलो तरिका « Khabarhub

एकदमै स्वस्थ खाना ‘कोदाको खोले डल्ला’ बनाउने सजिलो तरिका


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री (६ जनाको लागि)

कोदाको पिठो— २ किलो

नुन खुर्सानी— स्वाद अनुसार

घिउ ठूलो चम्चा— ४ चम्चा

पानी — २ लिटर (नपुग भएमा थप्न सकिन्छ)

बनाउने विधि–

– ३०० ग्राम पिठो छुट्याएर अरू पिठो सुख्खा रोटी बनाउने जस्तै तर नरम बनाई मुछेर बेस्सरी माड्ने र बाटामा राख्ने ।

– बाक्लो प्यान चुल्होमा बसाउने । घिउ तताउने, खुर्सानी पड्काउने ।

-रातो भएपछि पानी राख्ने र ३०० ग्राम पिठो अलि अलि छर्दै जाने । पानी उम्लिदा पिठो पानीमा मिली सकेको हुनुपर्छ ।

-उम्लिएको पानीमा माडेको पिठोको पकौडा झैँ डल्ला पार्दै राख्ने । डल्ला राखिसकेपछि सानो आँचमा १५ मिनेट जति पकाउनु पर्छ ।

-पानी नपुगेमा उमालेर थप्न सकिन्छ । यो पाकेपछि थालमा लिएर कुनै गालेको अचार र टमाटरको अचारसँग डल्ला चोप्दै खाने । ज्यादै चाम्रो र मीठो हुन्छ । चिनीका रोगीलाई धेरै फाइदा हुन्छ ।

यो प्रायः नेपालको पहाडी भेगमा खाइन्छ । यसमा प्रोटिन हुन्छ । सहर बजारतिर यसको सुपमा पारसल्लि, सेलरि पत्ता राखेमा अझ स्वादिष्ट हुन्छ ।

 साभार– ‘सजिलो कुकिङ’ पुस्तकबाट

 

 

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ६ : २० बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति