इलामकी सम्झनालाई ‘हाम्रो प्रतिभा आइडल २०२१’ उपाधि « Khabarhub

इलामकी सम्झनालाई ‘हाम्रो प्रतिभा आइडल २०२१’ उपाधि


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाम्रो प्रतिभा चौतारीको आयोजनामा ‘हाम्रो प्रतिभा आइडल २०२१’ भर्चुअल विधिबाट सम्पन्न भएको छ । करिब दुई महिना अघिबाट अनलाइन गायन प्रतियोगिताको रुपमा सुरु भएको यस प्रतियोगितामा ७९ जनाले भाग लिएका थिए ।

विभिन्न चरणहरु पार गर्दै ५ जना फाईनल पुगेका थिए । प्रतियोगितामा प्रमुख निर्णायक गायक तथा संगितकार राज सागर थिए । जनवादी गायक प्रदीप देवान, गायिका माण्डवी त्रिपाठी, गायक तथा अभिनेता जयनन्द लामा, गायक लाक्पा शेर्पा, गायिका सुरक्षा सेन्चुरी, गायिका सिर्जु अधिकारीको उपस्थिति फिनालेमा थियो ।

प्रतियोगितामा इलामकी सम्झना राई विजेता बनिन् । त्यस्तै झापाकी तृष विष्ट, इलामका विजय भण्डारी, झापाका अर्पण उप्रेती, स्याङजाका विशाल रानाभाट क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं भए ।

ग्रान्ड फिनालेमा गायक याम बराल, गायक कमल खत्रीको पनि उपस्थिति थियो । प्रतियोगिहरुलाई पुरस्कार स्वरुप नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रमको उद्घोषण आशिष शाह ठकुरी र वर्षा भट्टले गरेका थिए । कार्यक्रमको व्यवस्थापक प्रविण श्रेष्ठ हुन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १ : ३० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल