इलामकी सम्झनालाई ‘हाम्रो प्रतिभा आइडल २०२१’ उपाधि | Khabarhub Khabarhub

इलामकी सम्झनालाई ‘हाम्रो प्रतिभा आइडल २०२१’ उपाधि


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाम्रो प्रतिभा चौतारीको आयोजनामा ‘हाम्रो प्रतिभा आइडल २०२१’ भर्चुअल विधिबाट सम्पन्न भएको छ । करिब दुई महिना अघिबाट अनलाइन गायन प्रतियोगिताको रुपमा सुरु भएको यस प्रतियोगितामा ७९ जनाले भाग लिएका थिए ।

विभिन्न चरणहरु पार गर्दै ५ जना फाईनल पुगेका थिए । प्रतियोगितामा प्रमुख निर्णायक गायक तथा संगितकार राज सागर थिए । जनवादी गायक प्रदीप देवान, गायिका माण्डवी त्रिपाठी, गायक तथा अभिनेता जयनन्द लामा, गायक लाक्पा शेर्पा, गायिका सुरक्षा सेन्चुरी, गायिका सिर्जु अधिकारीको उपस्थिति फिनालेमा थियो ।

प्रतियोगितामा इलामकी सम्झना राई विजेता बनिन् । त्यस्तै झापाकी तृष विष्ट, इलामका विजय भण्डारी, झापाका अर्पण उप्रेती, स्याङजाका विशाल रानाभाट क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं भए ।

ग्रान्ड फिनालेमा गायक याम बराल, गायक कमल खत्रीको पनि उपस्थिति थियो । प्रतियोगिहरुलाई पुरस्कार स्वरुप नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रमको उद्घोषण आशिष शाह ठकुरी र वर्षा भट्टले गरेका थिए । कार्यक्रमको व्यवस्थापक प्रविण श्रेष्ठ हुन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १ : ३० बजे

टिकटकको भविष्य ‘चीनमा निर्भर’ रहने ट्रम्पको धारणा

न्यूयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा टिकटकको भविष्य

पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल

गण्डकी– पोखरामा आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने भएको

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल

मेची भन्सारको सेवा सुचारु

झापा– जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले

नेपालको जेन-जी आन्दोलनबारे के भन्छन् बलिउड सेलेब्रिटी ?

काठमाडौं– नेपालमा हालै जेन-जेड युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको