हस्ताक्षर गर्न रेशम चौधरी निर्वाचन आयोगमै उपस्थित हुने « Khabarhub

हस्ताक्षर गर्न रेशम चौधरी निर्वाचन आयोगमै उपस्थित हुने


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेलमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेता रेशम चौधरी हस्ताक्षरका लागि निर्वाचन आयोगमै उपस्थित हुने भएका छन् । जसपा विवाद निरूपणका लागि भइरहेको हेड-काउन्टमा उनी आयोगमै पुगेर सहभागी हुने भएका हुन् ।

यसअघि उनको हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले आयोगमै उपस्थित हुने अडान लिएका थिए । त्यसपछि आयोगले दोस्रो पत्र पठाएर चौधरीलाई उपस्थित गराइदिन कारागार प्रशासनलाई आग्रह गरेको थियो ।

जेलर बसन्त पुरीले कारागार प्रशासनमा निर्वाचन आयोगबाट दोस्रो पत्र प्राप्त भएको जानकारी दिए । आयोगमा पठाउन अब कारागार व्यवस्थापन विभागको अनुमति चाहिने भएकाले त्यसको लागि समन्वय भइरहेको उनले बताए ।

आयोगले जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन आयोगमा बोलाएको थियो । उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेताहरु आयोगमा पुगेर हस्ताक्षर गरेका छन् ।

चौधरीले कसको पक्षमा हस्ताक्षर गर्छन् टुंगो लागिसकेको छैन । हालसम्म यादव पक्षमा ३४ र ठाकुर पक्षमा १६ जनाको हस्ताक्षर पुगेको बताइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १ : ४८ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार