नगरपालिकाले निषेधाज्ञामा कडाइ गरेपछि दमक सुनसान « Khabarhub

नगरपालिकाले निषेधाज्ञामा कडाइ गरेपछि दमक सुनसान


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– दमक नगरपालिकाले जारी गरेको निषेधाज्ञाका कारण सोमबार बिहानैदेखि दमक बजार क्षेत्र सुनसान बनेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा खुकुलो पारिदै जाँदा संक्रमण उच्च भएपछि नगरपालिकाले कडाइका साथ लागू गर्ने भन्दै निषेधाज्ञा लागू गरेको हो ।

दमक नगरपालिकाले नगर क्षेत्र भित्र एकसाताका लागि निषेधाज्ञा लागू गरेको छ । नगरपालिका उपप्रमुख एवम् प्रवक्ता गीता अधिकारीका अनुसार साउन ११ गते बिहान ४ देखि १७ गते मध्यराति १२ बजे सम्मका लागि निषेधाज्ञा घोषणा गरिएको छ । सबै उद्योग, व्यापार, कार्यालयहरुसमेत बन्द गर्ने गरी निषेधाज्ञा घोषणा गरिएको छ । कोरोनाको संक्रमण दर पुनः बढ्न थाले पछि एकसाताका लागि निषेधाज्ञा लगाउनु परेको नगरपालिकाले जनाएको छ ।

निषेधाज्ञा कार्यान्वयन गराउँन बिहानैदेखि नगरप्रहरी तथा अन्य सुरक्षाकर्मीहरु समेत परिचालन भएका छन् । भित्री सडकहरुमा सवारी साधन चल्न दिईएको छैन भने अधिकांश बजार, पसल बन्द गरिएका छन् ।

यस अघि झापाका बुद्धशान्ति गाउँपालिका, कन्काई नगरपालिका तथा अर्जुनधारा नगरपालिकाकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरिसकिएको छ ।

यस्तै कोरोना संक्रमण उच्च बने पछि झापाको बिर्तामोडमा पनि निषेधाज्ञा लगाउने तयारी गरिएको छ । साउन १३ देखि १९ गतेसम्म नगर क्षेत्र भित्र निषेधाज्ञा लगाउने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  २ : ४५ बजे

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै