नगरपालिकाले निषेधाज्ञामा कडाइ गरेपछि दमक सुनसान | Khabarhub Khabarhub

नगरपालिकाले निषेधाज्ञामा कडाइ गरेपछि दमक सुनसान


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– दमक नगरपालिकाले जारी गरेको निषेधाज्ञाका कारण सोमबार बिहानैदेखि दमक बजार क्षेत्र सुनसान बनेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा खुकुलो पारिदै जाँदा संक्रमण उच्च भएपछि नगरपालिकाले कडाइका साथ लागू गर्ने भन्दै निषेधाज्ञा लागू गरेको हो ।

दमक नगरपालिकाले नगर क्षेत्र भित्र एकसाताका लागि निषेधाज्ञा लागू गरेको छ । नगरपालिका उपप्रमुख एवम् प्रवक्ता गीता अधिकारीका अनुसार साउन ११ गते बिहान ४ देखि १७ गते मध्यराति १२ बजे सम्मका लागि निषेधाज्ञा घोषणा गरिएको छ । सबै उद्योग, व्यापार, कार्यालयहरुसमेत बन्द गर्ने गरी निषेधाज्ञा घोषणा गरिएको छ । कोरोनाको संक्रमण दर पुनः बढ्न थाले पछि एकसाताका लागि निषेधाज्ञा लगाउनु परेको नगरपालिकाले जनाएको छ ।

निषेधाज्ञा कार्यान्वयन गराउँन बिहानैदेखि नगरप्रहरी तथा अन्य सुरक्षाकर्मीहरु समेत परिचालन भएका छन् । भित्री सडकहरुमा सवारी साधन चल्न दिईएको छैन भने अधिकांश बजार, पसल बन्द गरिएका छन् ।

यस अघि झापाका बुद्धशान्ति गाउँपालिका, कन्काई नगरपालिका तथा अर्जुनधारा नगरपालिकाकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरिसकिएको छ ।

यस्तै कोरोना संक्रमण उच्च बने पछि झापाको बिर्तामोडमा पनि निषेधाज्ञा लगाउने तयारी गरिएको छ । साउन १३ देखि १९ गतेसम्म नगर क्षेत्र भित्र निषेधाज्ञा लगाउने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  २ : ४५ बजे

उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गर्‍यो : प्रदीप ज्ञवाली

बैतडी– नेकपा एमालेका उप महासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप

नेपालविरुद्ध वेस्ट इन्डिज ए का चार्ल्सको शतक

काठमाडौं- वेस्ट इन्डिज ए का जोन्सन चार्ल्सले शतक बनाएका छन्

अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाको अपिल

काबुल– अफगानिस्तानको हेरात प्रान्तका मंगलबार मस्जिदमा भएको आक्रमणमा एक महिला

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई

ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट 

ढोरपाटन– बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका । समथर भू-भागदेखि