नगरपालिकाले निषेधाज्ञामा कडाइ गरेपछि दमक सुनसान | Khabarhub Khabarhub

नगरपालिकाले निषेधाज्ञामा कडाइ गरेपछि दमक सुनसान


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– दमक नगरपालिकाले जारी गरेको निषेधाज्ञाका कारण सोमबार बिहानैदेखि दमक बजार क्षेत्र सुनसान बनेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा खुकुलो पारिदै जाँदा संक्रमण उच्च भएपछि नगरपालिकाले कडाइका साथ लागू गर्ने भन्दै निषेधाज्ञा लागू गरेको हो ।

दमक नगरपालिकाले नगर क्षेत्र भित्र एकसाताका लागि निषेधाज्ञा लागू गरेको छ । नगरपालिका उपप्रमुख एवम् प्रवक्ता गीता अधिकारीका अनुसार साउन ११ गते बिहान ४ देखि १७ गते मध्यराति १२ बजे सम्मका लागि निषेधाज्ञा घोषणा गरिएको छ । सबै उद्योग, व्यापार, कार्यालयहरुसमेत बन्द गर्ने गरी निषेधाज्ञा घोषणा गरिएको छ । कोरोनाको संक्रमण दर पुनः बढ्न थाले पछि एकसाताका लागि निषेधाज्ञा लगाउनु परेको नगरपालिकाले जनाएको छ ।

निषेधाज्ञा कार्यान्वयन गराउँन बिहानैदेखि नगरप्रहरी तथा अन्य सुरक्षाकर्मीहरु समेत परिचालन भएका छन् । भित्री सडकहरुमा सवारी साधन चल्न दिईएको छैन भने अधिकांश बजार, पसल बन्द गरिएका छन् ।

यस अघि झापाका बुद्धशान्ति गाउँपालिका, कन्काई नगरपालिका तथा अर्जुनधारा नगरपालिकाकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरिसकिएको छ ।

यस्तै कोरोना संक्रमण उच्च बने पछि झापाको बिर्तामोडमा पनि निषेधाज्ञा लगाउने तयारी गरिएको छ । साउन १३ देखि १९ गतेसम्म नगर क्षेत्र भित्र निषेधाज्ञा लगाउने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  २ : ४५ बजे

शिक्षा सुधारको सूत्र : शिक्षकका दलीय संघ, संगठन बन्द गरौं

संसारकै प्रथम शिक्षक मानिने चिनिया दार्शनिक कन्फ्युसियसले उच्च र खानदानी

सङ्कट व्यवस्थापन केन्द्रबाट एक वर्षमा २५२ जना लाभान्वित

बैतडी– जिल्ला अस्पताल बैतडीमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)

एक महिनामा वार्षिक लक्ष्यको ६ दशमलव ८५ प्रतिशत राजस्व सङ्कलन

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२–८३ को

पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने

काठमाडौं– पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको

लिपुलेकबारे डा. भट्टराईको टिप्पणी :  नेपाली भूभागबारे नेपालको सहमतिबिना गरिने सम्झौता अमान्य  

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् परराष्ट्र विज्ञ डा.